मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर दौडमा डा. पण्डित बलियो
रेक्टर र डीनको नियुक्ति भएपछि एमबीबीएसको अध्यापनमा सहज हुने बताइएको छ । सरकारमाथि दुवै पदमा बहाली गर्न चर्को दवाव बढेको बेला केही व्यक्तिले अनावश्यक दबाब दिन थालिएको बताइन्छ ।

२०८१ कार्तिक २ शुक्रबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर नियुक्तिका लागि भइरहेको दौडादौडमा डा।रामनरेश पण्डित बलियो देखिएका छन् ।
अध्यापनको लामो अनुभवी रहेका डा.पण्डित प्रोफेसर भइसकेका छन् । प्रादेशिक अस्पतालको डाइरेक्टर रहिसकेका डा।पण्डित गाइनोमा विशेषज्ञ छन् । प्रतिष्ठानका रेक्टर डा।अंकुर साह उपकुलपति नियुक्त भएदेखि नै सो पद रिक्त रहेको छ । प्रतिष्ठानले चालु शैक्षिक सत्रका लागि एमबीबीएसका लागि ५० सिट पाएको छ ।
प्रतिष्ठानले मेडिकल कलेज सञ्चालनमा ल्याएसँगै रेक्टर र डीनको नियुक्ति गर्न लागेको छ । रेक्टरको दौडमा रहेकाहरु मध्ये डा. पण्डितलाई रेक्टरका लागि चाहिने आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरेका अब्बल उम्मेदवार मानिएको छ । प्रतिष्ठानको उपकुलपति डा. अंकुर साह र रजिष्ट्रारमा प्राध्यापक डा. विनोद कुमार यादव रहेका छन् ।
प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालको डाइरेक्टरमा डा. जामुन प्रसाद सिंह रहेका छन् । उनी वरिष्ठ बालरोग विशेषज्ञ हुन् । प्रतिष्ठानले विज्ञ सेवा मुजेलियास्थित अस्पतालबाट र प्रादेशिक अस्पतालबाट जेनरल सेवा उपलब्ध गराउँदै आएको छ । मधेश प्रदेश सरकारको पूर्ण स्वामित्वमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल जनरल सर्जरी, गाइनो र इन्टरनल मेडिसिनमा स्नात्तकोत्तरको अध्यापन गराइरहेको छ ।
योग्यता पुगेका दक्ष, अनुभवीलाई मात्र नियुक्ति गरिने प्रदेश सरकारले जनाएको छ । सरकारले मधेशको गौरवको योजनामा राखेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले छोटो समयमै ठूलो उपलब्धि प्राप्त गरेको दाबी गर्दै आएको छ ।
रेक्टर र डीनको नियुक्ति भएपछि एमबीबीएसको अध्यापनमा सहज हुने बताइएको छ । सरकारमाथि दुवै पदमा बहाली गर्न चर्को दवाव बढेको बेला केही व्यक्तिले अनावश्यक दबाब दिन थालिएको बताइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…