शहिदनगरमा डेँगु नियन्त्रणको लागि फगिँग गरिँदै

२०८१ कार्तिक १ बिहीबार
बिहान ०७:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा डेँगु नियन्त्रणको लागि फगिँग कार्य सुरु गरिएको छ । 

शहिदनगर नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा शहिदनगर नगरपालिकाको विभिन्न वडामा फगिँग कार्य सुरु गरिएको हो । 

नेपालमा डेँगुको प्रभाव बढेसँगै शहिदनगर नगरपालिकाको विभिन्न वडामा समेत डेँगुको विरामी फेला परेपछि नगरपालिकाले तुरुन्त एक्सन लिएको हो । स्थानीय सरकारको हैसियतले नगर प्रमुख दिनेश प्रसाद यादवको नेतृत्वमा एक बैठक बसी स्वास्थ्य शाखालाई नियन्त्रणको लागि निर्देशन दिएका थिए । 

स्वास्थ्य शाखाका रामसिकिल यादवले विभिन्न वडामा कर्मचारी खटाई फगिँग मेसिनले लामखुट्टे वास गर्ने स्थान नष्ट गर्ने गरी फगिँग गरिरहेको बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८१ कार्तिक १ बिहीबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus