महोत्तरीमा नदीले बगाउँदा १७ बर्षिय किशोरीको डुबेर मृत्यू !
आमा र अन्य छरछिमेकीसँग खेतमा घाँस काट्न गइरहेको अवस्थामा बीचमा पर्ने बिगही नदी पार गर्ने क्रममा खोलाले करिब ३०० मिटरसम्म बगाएपछि डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । किशोरीको शवको पोष्टमार्टमपछि परिवारजनलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ । शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको हो ।

२०८१ असोज २२ मंगलबार, बिहान ७:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा घाँस काट्न गएकी एक किशोरीलाई नदीले बगाउँदा डुबेर मृत्यू भएको छ ।
सोमबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ९ सिमरदही स्थित रहेको बिगही नदीमा डुबेर स्थानीय बीरेन्द्र मण्डलकी १७ बर्षिय छोरी आरती मण्डलको डुबेर मृत्यू भएको हो ।
आमा र अन्य छरछिमेकीसँग खेतमा घाँस काट्न गइरहेको अवस्थामा बीचमा पर्ने बिगही नदी पार गर्ने क्रममा खोलाले करिब ३०० मिटरसम्म बगाएपछि डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
किशोरीको शवको पोष्टमार्टमपछि परिवारजनलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ । शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…