महोत्तरीमा नदीले बगाउँदा १७ बर्षिय किशोरीको डुबेर मृत्यू !

२०८१ असोज २२ मंगलबार
बिहान ०७:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा घाँस काट्न गएकी एक किशोरीलाई नदीले बगाउँदा डुबेर मृत्यू भएको छ । 

सोमबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ९ सिमरदही स्थित रहेको बिगही नदीमा डुबेर स्थानीय बीरेन्द्र मण्डलकी १७ बर्षिय छोरी आरती मण्डलको डुबेर मृत्यू भएको हो ।

आमा र अन्य छरछिमेकीसँग खेतमा घाँस काट्न गइरहेको अवस्थामा बीचमा पर्ने बिगही नदी पार गर्ने क्रममा खोलाले करिब ३०० मिटरसम्म बगाएपछि डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

किशोरीको शवको पोष्टमार्टमपछि परिवारजनलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ । शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

  • २०८१ असोज २२ मंगलबार

Bureau Menus