जनकपुरः मोटरसाईकल दुर्घटना हुँदा दुई युवकको मृत्यू, एक घाईते

२०८१ असोज १५ मंगलबार
बिहान ०९:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मोटरसाईकल दुर्घटनामा परी धनुषामा सोमबार दुई जनाको मृत्यू भएको छ । 

धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझस्थित भएको मोटरसाईकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ भने सोमबार नै धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ बीरेन्द्रबजारस्थित दुर्घटनामा परी अर्काको ज्यान गएको हो । 

सोमबार बेलुकी करिब ८ बजेको समयमा महेन्द्रनगर–ढल्केवर सडकखण्डमा प्रदेश २–०२–००३ प ८३११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा गणेशमानचारनाथ नगरपालिका वडा नं. १ छिहत्तरबिघा टोल बस्ने बर्ष २७ को सत्यनारायण यादवको मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । 

सोमबार जिल्ला प्रहरी कार्यालय धनुषामा महिला तथा बालबालिका सेलमा एक पँचायत (छलफल) मा सहभागी भएर गाउँ फर्किदै गर्दा बाटोमा रक्सी सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएको जस्तो देखिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) सोनु कुमार साहले जानकारी दिए । 

उनका अनुसार, घटनाको प्रकृति र पछाडी बसेर घाईते भएका सोही स्थानका ५० बर्षिय गणपत यादवको बयान अनुसार तीव्र गतिको कारण ६ लेनको सडक छेउमा लगाइएको रेलिँगमा ठोक्किएर मृत्यू भएको हो । मादक पदार्थ सेवन गरी सवारी चलाएको देखिएको हो । उनको घटनास्थलमै मृत्यू भएको प्रहरी नीरिक्षक साहले जानकारी दिए । 

यता, सोमबार नै धनुषाको बीरेन्द्रबजारमा समेत एक जनाको मृत्यू भएको छ । गणेशमानचारनाथ नपाको पोर्ताहाबाट बीरेन्द्रबजार तर्फ आउँदै गरेको अवस्थामा गणेशमान चारनाथ नगरपालिका वडा नं. २ बस्ने भगले मण्डलको मृतयू भएको हो । 

सोमबार बिहान करिब ११ बजेको समयमा ०२–००७ प ३३७६ नम्बरको मोटरसाईकलमा सवार ५० बर्षिय मण्डललाई ठक्कर दिएपछि उपचारको क्रममा मृत्यू भएको ईलाका प्रहरी कार्यालय ढल्केवरमा प्रहरी नीरिक्षक (ईन्सपेक्टर) जटाशंकर यादवले जानकारी दिए ।

  • 0%
  • 0%
  • 50%
  • 0%
  • 50%
  • 0%

जेलभित्रै अवैद्य धन्दा: कैदीलाई दारु, सूर्ति-चुरोट, हजारौँ बोरा चामल पसलमा बिक्री (भिडियो)

  • २०८१ असोज १५ मंगलबार

सबिन यादव, सिरहा । सिरहाको जेलभित्रै अवैद्य धन्दा भईरहेको पाईएको छ । न्यूज ब्यूरोले गरेको एक स्टीँग अपरेशनको क्रममा सिरहा कारागारभित्र अवैद्य कारोबार भईरहेको पाईएको छ ।  सिरहा जेलमा नाईके रहेका

पूरा पढ्नुहोस्

Bureau Menus