कोशीमा पानीको बहान कम भएपछि आवतजावत खुल्यो
पूर्वी–पहाडी तथा मधेससहित तराईका जिल्लामा दुई दिनदेखि परेको लगातार वर्षाका कारण शनिवार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो ।

२०८१ असोज १४ सोमबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूुरो, सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा हिजो बेलुकीदेखि यातायात सञ्चालनमा आएको छ ।
कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए । कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सञ्चालन गर्न सहज भएको उनले बताए ।
कोशीमा पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि अस्ति शनिवार दिउँसोदेखि पुल भएर आउजाउमा रोक लगाइएको थियो । हिजो बिहानदेखि कोशीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आवतजावत खुला गरिएको हो ।
पूर्वी–पहाडी तथा मधेससहित तराईका जिल्लामा दुई दिनदेखि परेको लगातार वर्षाका कारण शनिवार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…