विद्यार्थीको शंकास्पद मृत्यू सिन्धुलीमा, चक्काजाम धनुषामा

२०८१ असोज ६ आइतबार
बिहान ११:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सिन्धुलीस्थित भगवति सेकेण्डरी स्कूलमा अध्ययनरत जनकपुरका एक विद्यार्थीको शंकास्पद मृत्यू भएको भन्दै धनुषामा चक्काजाम गरिएको छ ।

गत भदौ २ गते दिउँसो करिब ३ बजेको समयमा भगवति सेकेण्डरी स्कूलमा अध्ययनरत जनकपुरका रजनीश साहको शंकास्पद मृत्यू भएको भन्दै परिवारजनसहित गाउँलेहरुले सडकमा चक्काजाम गरेको हो । कक्षा ८ मा अध्ययनरत साहको शंकास्पद मृत्यू भएको परिवारजनले आरोप लगाउँदै आएका छन् । 

प्रहरीमा जाहेरी दर्ता गर्नुपर्ने माग राख्दै लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ सपहीस्थित चक्काजाम गरिएको छ । प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सपहीस्थित जनकपुरधाम–ढल्केवर सडकखण्ड चक्काजाम गरिएको हो । 

सिन्धुलीमा भएको घटनालाई सोही स्थानमा गएर आन्दोलन गर्नुपर्ने अवस्थामा धनुषामा चक्काजाम गर्नु उचित नरहेको सवारी चालकहरुको भनाई छ । परिवारजनसहित गाउँलेहरुले चक्काजाम गरेपछि सयौँ सवारी साधन जकथक परेको छ । धनुषा प्रहरीले चक्काजाम खुलाउने प्रयास गरेपनि गाउँलेहरुले त्रिपाल लगाएर चक्काजाम गरेको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आउँदो आर्थिक वर्षको बजेटका लागि १९ खर्ब रुपैयाँको सीमा निर्धारण

  • २०८१ असोज ६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षको बजेटका लागि १९ खर्ब रुपैयाँको सीमा निर्धारण गरेको छ । आयोगले अर्थ मन्त्रालयलाई राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण समितिको

पूरा पढ्नुहोस्

Bureau Menus