विद्यार्थीको शंकास्पद मृत्यू सिन्धुलीमा, चक्काजाम धनुषामा
सिन्धुलीमा भएको घटनालाई सोही स्थानमा गएर आन्दोलन गर्नुपर्ने अवस्थामा धनुषामा चक्काजाम गर्नु उचित नरहेको सवारी चालकहरुको भनाई छ । परिवारजनसहित गाउँलेहरुले चक्काजाम गरेपछि सयौँ सवारी साधन जकथक परेको छ । धनुषा प्रहरीले चक्काजाम खुलाउने प्रयास गरेपनि गाउँलेहरुले त्रिपाल लगाएर चक्काजाम गरेको हो ।

२०८१ असोज ६ आइतबार, बिहान ११:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सिन्धुलीस्थित भगवति सेकेण्डरी स्कूलमा अध्ययनरत जनकपुरका एक विद्यार्थीको शंकास्पद मृत्यू भएको भन्दै धनुषामा चक्काजाम गरिएको छ ।
गत भदौ २ गते दिउँसो करिब ३ बजेको समयमा भगवति सेकेण्डरी स्कूलमा अध्ययनरत जनकपुरका रजनीश साहको शंकास्पद मृत्यू भएको भन्दै परिवारजनसहित गाउँलेहरुले सडकमा चक्काजाम गरेको हो । कक्षा ८ मा अध्ययनरत साहको शंकास्पद मृत्यू भएको परिवारजनले आरोप लगाउँदै आएका छन् ।
प्रहरीमा जाहेरी दर्ता गर्नुपर्ने माग राख्दै लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ सपहीस्थित चक्काजाम गरिएको छ । प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सपहीस्थित जनकपुरधाम–ढल्केवर सडकखण्ड चक्काजाम गरिएको हो ।
सिन्धुलीमा भएको घटनालाई सोही स्थानमा गएर आन्दोलन गर्नुपर्ने अवस्थामा धनुषामा चक्काजाम गर्नु उचित नरहेको सवारी चालकहरुको भनाई छ । परिवारजनसहित गाउँलेहरुले चक्काजाम गरेपछि सयौँ सवारी साधन जकथक परेको छ । धनुषा प्रहरीले चक्काजाम खुलाउने प्रयास गरेपनि गाउँलेहरुले त्रिपाल लगाएर चक्काजाम गरेको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…