घरमा सुरुङग (सोईन) बनाएर चोरी गर्ने चोर समूहका एक जना पक्राउ
पक्राउ परेका हकमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । घटनामा संलग्न अन्यको भने खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

२०८१ असोज ५ शनिबार, राति ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दुई महिना अगाडि घरमा सुरुङ बनाएर चोरी गरेको आरोपमा रौतहटबाट एकजना पक्राउ परेका छन् ।
गत असार २४ गते राती जिल्लको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा टोलका ३ जनाको घरमा सुरुङ बनाएर चोरी गर्ने ग्याङ्ग्का एकजनालाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षीय जिआउल हक रहेका छन् । उनी नेतृत्वको समूहले गाउँपालिका–५ बडहर्वा टोल निवासी चन्देश्वर दास तत्मा, लक्ष्मी दास र राम नारायण साहको घरमा चोरी गरेका थिए ।
चोरहरूको समूहले सुरुङ बनाई घरमा रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोबाइल लगायतका सामानहरू चोरी गरेको प्रहरी नायब उपरीक्षक डिएसपी एलिजा गिरीले बताइन् ।
घटनापश्चात् प्रहरीले गरेको सूक्ष्म अनुसन्धानका क्रममा चोरीमा हकको संलग्नता भएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरी दाबी छ । उनलाई बडहर्वा पुल नजिक घुम्दै गरेको अवस्थाबाट पक्राउ गरेको डिएसपी गिरीको भनाइ छ ।
पक्राउ परेका हकमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । घटनामा संलग्न अन्यको भने खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…