प्रादेशिक अस्पताल गौरमा अख्तियारको छापा
अस्पताल बिकास समितिका अध्यक्ष अनवर साहमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले गोप्य टेन्डर गरि औसधि उपकरण खरिद ,टाईल्स मार्बल जडान ,मर्मत संहार ,टिकट काउन्टरको रकम हिनामिना ,भवन रङरोगन ,ईन्धन ,न्यानो झोला,करार कर्मचारी भर्ना देखि निजि क्लिनिक र ल्याब संग सांठगांठ गरि लाखौं रकम अनियमितता गरेको आरोप छ।

२०८१ भदौ ३१ सोमबार, बेलुकी ७:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको प्रादेशिक गौर अस्पतालमा सोमबार अख्तियारको छापा परेको छ।
बा.एडि ९०६४ नम्बरको गाडीमा आएको टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औषधी उपकरण भएको नभएको बुझी मुचुल्का गरि लगेका छन् ।
अख्तियारको टोलीले खोजे परिमाणको उपकरण र सामाग्री नपाएपछि सोहि अनुसार मुचुल्का गरि लगेको श्रोतले जनाएको छ।
विवरण अनुसार उपकरण र औषधी नपाएपछि अख्तियारको टोलीले स्टोर किपर राम अश्रे मुखियासंग केहि बेर सोधपुछ गरि
फर्किएका छन् ,अब हेरौ के हुन्छ । अस्पतालका एक कर्मचारीले नाम नबताउने शर्तमा बताए ।
अस्पताल बिकास समितिका अध्यक्ष अनवर साहमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले गोप्य टेन्डर गरि औसधि उपकरण खरिद ,टाईल्स मार्बल जडान ,मर्मत संहार ,टिकट काउन्टरको रकम हिनामिना ,भवन रङरोगन ,ईन्धन ,न्यानो झोला,करार कर्मचारी भर्ना देखि निजि क्लिनिक र ल्याब संग सांठगांठ गरि लाखौं रकम अनियमितता गरेको आरोप छ।
स्थानीयले अस्पतालमा चरम भ्रष्टाचार र अनियमितता भईरहेको भन्दै यस तर्फ ध्यानाकर्षण गराउदा पनि सम्बन्धित निकाय मौन छन् ।
अस्पतालमा अध्यक्ष हासमी मेडिकल सुपरिटेन्डेन्ट ठाकुरले गरेको भ्रष्टाचारबाट आफुहरु फस्ने भन्दै डाक्टरहरु त्रसित बनेका छन् ।
अर्को तिर अध्यक्ष हासमीले आफ्नो पोल खोल्ने डाक्टरहरुलाई सरुवाको डर देखाई हप्काएर राख्ने गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…