डुमरियाको सहिद सूर्यनाथ रान अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि

२०८१ भदौ २० बिहीबार
दिउसो ३:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियास्थित सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट स्वास्थ्य उपकरण तथा औषधि पठाइएको छ ।

करिब १४ वर्षयता सञ्चालन हुन नसकेको सो अस्पतालमा तत्काल सेवा सुचारु हुने प्रतिबद्धता प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले गरेका थिए । 

मुख्यमन्त्री सिँहले प्रतिबद्धता व्यक्त गरेको दुई दिनभित्रमै अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधि पठाइएको हो । 

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरिया र केन्द्रीय सदस्य सन्जिप झाको विशेष पहलमा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट डुमरिया अस्पतालबाट आवश्यक परिमाणमा स्वास्थ्य उपकरण र औषधि पठाइएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव डा। सञ्जय ठाकुरले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०८१ भदौ २० बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus