
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले जनकपुरभित्रको छाडाचौपायालाई व्यवस्थापन गर्न गौशाला निर्माण गरेको बताएका छन् ।
उनले जनकपुरधामको छाडा चौपाया नियन्त्रणको लागि एक विशेष टोली नै परिचालन गरेको बताउँदै जनकपुरधाम शहरभित्रको गाई, साँढे, बाछो, बाछीलाई नगरपालिकाले निर्माण गरेको गौशालामा राख्ने गरेको बताए ।
मेयर साहले गौशालामा सयौँ गाई वस्तुलाई शरण दिएर दैनिक रुपमा पालनपोषण, खाना खुराकको व्यवस्था गरिएको बताए । मेयर साहका अनुसार, गौशालामा गाई, साँढेलाई देखभाल गर्नको लागि कर्मचारी समेत खटाएको बताए ।
गौशालामा कृष्णाष्टमीको दिन भव्य पूजापाठ गरी गाई, बाछोलाई पूजापाठ गरिएको बताउँदै उनले शहरभित्रको छाडा चौपायालाई गौशालामै व्यवस्थापन गर्ने गरेको बताएका छन् ।
उनले भने, “जनकपुरमा छाडा चौपायाको कारण कैयौँ सवारी दुर्घटना भएको कसैबाट लुकेको छैन् । ट्राफिक प्रहरी, धनुषा प्रहरी, जिल्ला प्रशासन र नगर प्रहरीको समन्वयमा छाडा चौपाया नियन्त्रणको लागि एक मापदण्ड बनाइएको छ । सोही अनुसार कर्मचारी खटाएर गौशालामा ल्याएर भरणपोषण भईरहेको छ । गाईको मालिकलाई समेत पत्ता लगाएर गाई वस्तु जथाभावी नछाडन भनेकै हौ । यसले गाई वस्तुको ज्यान जानुको साथै मान्छे समेत मर्ने गरेको छ नी त । गौशालामा सयौँ गाई वस्तुको पालनपोषण उपमहानगरपालिकाबाट भईरहेको छ ।”
केही साँढेहरुलाई नगर प्रहरीले सडकबाट हटाएर अन्यत्र शहरको अन्य भागमा टार दिने वा गौशालामा डोरयाएर ल्याउने गरिएको उनले बताए ।
दुर्घटना भएर घाईते भएका गाई, साँढेलाई समेत गौशालामा सकुशल उद्धार गरी औषधी उपचार समेत गौशालामै गर्ने गरेको मेयर साहले थपे ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८१ भदौ ११ मंगलबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्