Close This

क्षीरेश्वरनाथको मावि दिगम्बरपुरमा विद्यालय व्यवस्थापन समिति गठन

२०८१ भदौ ९ आइतबार
रति ९:१३ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रहेको माध्यमिक विद्यालय दिगम्बपुरमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । 

आईतबार बसेको अभिभावक भेलाबाट क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्बपुरस्थित रहेको माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । 

वडा नं. ८ का वडाध्यक्ष मोद कुमार महतोको विशेष उपस्थितिमा बोलाईएको अभिभावक भेलाबाट ४ सदस्यीय समिति गठन गरिएको हो । अध्यक्ष पछि चयन हुने गरी शिक्षा नियमावली अनुसार समिति गठन गरिएको हो । 

अध्यक्ष चयनको लागि नगरपालिकाका शिक्षा सँयोजक दिपक खत्री, शिक्षा समितिका सदस्य वडाध्यक्ष मोद कुमार महतो, प्रधानाध्यापक सम्पत महतो लगायत विभिन्न राजनीतिक दलका प्रतिनीधि, विद्यालयका शिक्षक, अभिभावकहरुले सर्वसहमतिबाट ४ सदस्यीय समिति बनाएको हो । 

समितिको सदस्यमा अभिभावकको तर्फबाट बलजीत कुमार महतो, बबिता देवी महतो, समावेशी पुरुष तर्फ दिनेश ठाकुरलाई चयन गरिएको हो । अध्यक्षको लागि वडाध्यक्ष, नगरपालिका र चयन गरिएका सदस्यहरुले चयन गर्ने भएको छ । 

अभिभावक भेलामा वडाध्यक्ष महतोले विद्यालयलाई सुधार तर्फ उन्मुख गर्नको लागि समितिले मात्रै नभएर सम्पूर्ण अभिभावक लाग्नुपर्ने धारणा राखे । उनले विद्यालय जस्तो क्षेत्रमा समेत बखेडा र विवाद हुने गरेकोले शान्त वातावरणमा बालबालिकालाई राख्न आग्रह गरे । 

सोही अभिभावक भेलामा शिक्षा सँयोजक खत्रीले विद्यालय व्यवस्थापन समितिलाई शिक्षा नियमावली अनुसार, सँचालन गर्न अपिल गरे । उनले विद्यालयमा समितिको जिम्मेवारी पूर्णरुपमा बहन गर्न आग्रह गरे । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०८१ भदौ ९ आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus