Close This

यदुकूहा वितरण केन्द्रको लाईन ८ बजेदेखि दिउँसो २ बजेसम्म काटिने

२०८१ भदौ ८ शनिबार
बिहान ०७:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणको यदुकूहा वितरण केन्द्रबाट प्रसारित विद्युत लाईन विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म काटिने भएको छ । 

यदुकूहा वितरण केन्द्र अन्तर्गतको तिनकोरिया फिडरमा ११ केभिएको लाईन मर्मत गर्नुपर्ने अवस्था भएकोले आज शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म लाईन काटिने सूचना प्रकाशित गरिएको हो । 

सो फिडर अन्तर्गतको हडबारा, लवटोली, गर्दनीयचोक, जोगियारा, कर्माही, चिकना, महिनाथपुर, इकराही, तिनकोरिया, बेलापट्टि, झिझा, निकासटोल, दुहबी र गोबराहीसम्मको लाईन अवरुद्ध रहने सूचना जारी गरिएको हो । 

कार्यालयले दिउँसो २ बजेसम्म लाईन काटिने भनिएपछि मर्मतको कार्य त्यो अघि नै सम्पन्न भएपछि तोकिएको समयभन्दा अघि नै लाईन दिने बताएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०८१ भदौ ८ शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus