जनकपुरधाम एयरपोर्टमा सुनैना अस्पतालको आँखा शिविर, कर्मचारीहरुलाई निःशुल्क चेकजाँच तथा औषधी
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित विमानस्थलमा जनकपुरको सुनैना हस्पिटलले निःशुल्क आँखा शिविर सँचालन गरेको छ । मँगलबार जनकपुरधाम विमानस्थलमा नेत्र रोग विशेषज्ञ डा. रञ्जना ठाकुरको उपस्थितिमा सुनैना आँखा अस्पताल तथा इएनटी अस्पतालको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको हो । आँखा शिविरको क्रम

२०८१ भदौ ५ बुधबार, बिहान ७:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित विमानस्थलमा जनकपुरको सुनैना हस्पिटलले निःशुल्क आँखा शिविर सँचालन गरेको छ ।
मँगलबार जनकपुरधाम विमानस्थलमा नेत्र रोग विशेषज्ञ डा. रञ्जना ठाकुरको उपस्थितिमा सुनैना आँखा अस्पताल तथा इएनटी अस्पतालको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको हो ।
आँखा शिविरको क्रममा जनकपुरधाम एयरपोर्टमा काम गर्ने करिब एक सय जनाको हाराहारीमा रहेका कर्मचारीहरुलाई निःशुल्क आँखा चेकजाँच गर्दै औषधी समेत निःशुल्क उपलब्ध गराएको हो ।
घाम तथा कम्प्युटर डिभाईसहरुमा काम गर्दा गर्दै आँखामा हुन सक्ने खराबीलाई चेकजाँच गरी औषधी उपलब्ध गराएको डा. ठाकुरले बताइन् । नेत्र रोग विशेषज्ञ रहेकी डा. ठाकुरले समाजिक दायित्व अन्तर्गत निःशुल्क शिविर गरेको बताइन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…