मेयर वकिलको धुवाँमुक्त पालिका अभियान ,जनतालाई ग्यास चुल्हो सिलिण्डर उपहार
नगर कै अर्का समाजसेबी जोगी सहनीले महिला दिदि बहिनिको स्वास्थ्य रक्षाको लागी ,समय बचतको लागि साथै आ ( आफ्नो जीवन रुपान्तरण गर्न ग्यास चुल्हो बितरण कार्यले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै मेयर शेख वकिल र नगरपालिका परिवार प्रति आभार व्यक्त गरेका छन् ।

२०८१ साउन २८ सोमबार, राति ८:४३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको परोहा नगरपालिकाको स्थानीयहरुलाई निःशुल्क एलपिजी ग्यास सिलिण्डर र चुल्हो सेट बितरण सुरु गरेका छन् । कार्यक्रम सोमबारदेखि अगाडी बढाईको छ।
बिकास र पुर्वाधारमा द्रुत गतिमा अगाडी बढिरहेको परोहाले धुवाँमुक्त नगर अभियान अन्तर्गत ग्यास चुल्हो सहित ग्यास सिलिण्डर वितरण अभियानको सुरुवात गरेको हो ।
परोहा नगरपालिका वडा नं. ४ मा रहेको बिधालयको प्रांगणमा औपचारिक रुपमा कार्यक्रम आयोजना गरी नगरप्रमुख शेख वकिलले चुल्होसहतिको सिलिन्डिर बितरण कार्यको सुरुवात गरेका हुन् ।
आठौँ नगर सभा बाट पारित नीति कार्यक्रम अनुसार नगरको प्रत्येक घर परिवारलाई पुग्ने गरी लगभग ७ हजार ५ सय ग्यास चुल्हो सेट बितरण गर्ने योजना र कार्यक्रमअन्तर्गत चुल्हो सहतिको सिलिन्डिर बितरण गर्न लागिएको मेयर शेख वकिलले बताएका छन् ।
दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परीवार सम्म एल।पी जी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच बिस्तार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको मेयर शेख वकिलले बताएका छन् ।
ग्यास सिलिन्डिर बितरणबाट आर्थिक रुपमा बिपन्न परिवार लाभान्बित हुने बिश्वास ब्यक्त गर्दै माटोको चुल्हो र दाउराले खाना पकाउने खासगरी महिला दिदि(बहिनीहरुको स्वास्थमा हुने खराबी रोक्न ग्यास चुल्होबाट सहयोग हुने , समयको बचत हुने, महिलाको आत्मसम्मान बढ्ने र विभिन्न स्वास्थ्य समस्याबाट बचाउने हुनाले आफूले आवश्यक ठानी यो अभियान सञ्चालनमा ल्याएको मेयर वकलिको भनाई छ।
पहलो दिन परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकडको स्थानीयलाई चुल्होसहतिको ग्यास सिलिन्डिर बितरण गरिएको छ।
वडा नं. ३ का एक हजार २ सय घर मध्ये सोमबार ७ सय घरपरिवारलाई ग्यास सिलिन्डर , चुल्हो, रेगुलेटर, पाइप र ग्यास लाइटर दिईएको नमिति प्रमुख प्रशासकीय अधकिृत मोहमद महफुज आलमले जानकारी दिए ।
अधिकृत आलमले यस अभियानबाट आगलागी न्यूनीकरण , वनबिनाश रोक्न सक्ने हाम्रो बिश्वास रहेको धारणा ब्यक्त गरे ।
कार्यक्रमको बशिस्टि अतिथि नगर उपप्रमुख सुगान्धी देवीले पालिकाको स्थानीयलाई ग्यास चुल्हो बितरण गर्न पाउँदा आफु निकै हर्सित भएको बताइन् ।
पालिकाले दिएको ग्यास सिलिन्डिर लिदै स्थानीय नागेन्द्र हजराले यहाँका स्थानीय वर्षौदेखि दाउरा र रुखको पात उपयोग गर्दै खाना र खाजा बनाउन बिबस थिए।जसका धुवाँ( धुलोले गर्दा विभिन्न रोगबाट ग्रसित भई पीडित छन् । जनताको पिडालाई सम्बोधन गर्न मेयर शेख वकिलले स्थानीय प्रती देखाएको हार्दिकताको जति सराहना गरेपनि कम हुने प्रतक्रिया दिए।
नगर कै अर्का समाजसेबी जोगी सहनीले महिला दिदि बहिनिको स्वास्थ्य रक्षाको लागी ,समय बचतको लागि साथै आ ( आफ्नो जीवन रुपान्तरण गर्न ग्यास चुल्हो बितरण कार्यले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै मेयर शेख वकिल र नगरपालिका परिवार प्रति आभार व्यक्त गरेका छन् ।
मेयर वकिलको प्रयासले धुवाँ. धुलो रहित ईन्धनमा खाना पकाउने सौभाग्य पाएपछि आफुहरु निकै हर्सित भएको स्थानीय हेमनती देबीले बताइन् ।
ग्यास चुल्हो वतिरण कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, नगर पालिकाको कर्मचारी, स्थानीय भलादमीहरु,सुरक्षा निकाय र विभिन्न सञ्चार माध्यमको प्रतिनिधिहिरु सहभागिता रहेको थियो।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…