सप्तरीको खेतमा एक युवक मृत अवस्थामा फेला
केही दिन यता सो इटाभट्टा बन्द अवस्थामा छ । मृतकको शरीरमा कुनै बाहिरी चोट देखिएको छैन । गएराती वर्षा भइरहेको र अत्यधिक मदिरा सेवन गरी खेतको बाटो हुँदै इटाभट्टा फर्किने क्रममा चिप्लिएर खेतमा लडेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटना बारे सत्यतथ्य बाहिर आउने उनको भनाइ छ ।

२०८१ साउन २३ बुधबार, बिहान ५:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ स्थित बरही वीरपुरको खेतमा एकजना मृत अवस्थामा फेला परेको छ ।
बरही वीरपुरमा मंगलबार निरज इटाभट्टास्थित चोकमा सिरहाको लहान नगरपालिकाका ४५ वर्षीय पवन कुमार कर्ण मृत अवस्थामा फेला परेका छन् ।
उनको शव घोप्टो परेको अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ । घटनास्थल नजिकै रहेको निरज इटाभट्टामा मुन्सी पदमा कार्यरत्त रहेका कर्णको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राखिएको र सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताए ।
केही दिन यता सो इटाभट्टा बन्द अवस्थामा छ । मृतकको शरीरमा कुनै बाहिरी चोट देखिएको छैन । गएराती वर्षा भइरहेको र अत्यधिक मदिरा सेवन गरी खेतको बाटो हुँदै इटाभट्टा फर्किने क्रममा चिप्लिएर खेतमा लडेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटना बारे सत्यतथ्य बाहिर आउने उनको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…