विगत १० दिनदेखि काकी भतिजो काठमान्डौँबाटै फरार, खोजी गर्दै परिवार

२०८१ श्रावण ५ शनिबार
बिहान ११:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । काठमाडौँ बस्दै आएको रुन्ची कुमारी र उनका भतिजो हिरा ठाकुर विगत १० दिन देखि बेपत्ता भएका छन् ।  

गत असार २७ गते बिहान ६ बजे घर परिवार सबै जना उठ्दा रुन्ची कुमारी घरमा नदेखेपछि, सबै जसो ठाउँमा खोज तलास गरे कतै न भेटाए पछि घर परिवार प्रहरी कहाँ गएको बताए । 

महोत्तरी जिल्ला सोनमा गाउँपालिका वडा नं. ८ सिहासनी बस्ने  हाल काठमाडौँ स्थित सातदोबाटो बस्दै आएको २१ वर्षीय रुन्ची कुमारी र उनका १७ वर्षीय भतिजो पर्ने सावण ठाकुर उर्फ हिरा ठाकुर गत असार २७ गते बिहान ६ बजे देखी सम्पर्क विहीन रहेको छ । 

घरबाट गायब भएको २४  घण्टा पछि रुन्चीको जेठाजु राकेश ठाकुरले सातदोबाटो प्रहरी चौकीमा बुहारी हराएको निवेदन दर्ता गराए तर १० दिन बितिसक्दा पनि मान्छे फेला पर्न सकेको छैन बताए। 

यसै बिच हिरा भन्ने सावण ठाकुर सँग फोनमा कुरा हुँदा आफू पोखरा आएको र आफू एक्लै आएको कसैलाई भगाएर नल्याएको कुरा काका राकेशलाई बताए र आफू पोखरा नयाँ एयरपोर्ट नजिकै एउटा फर्निचरमा काम गर्दै गरेको जिकिर गरे। 

त्यसपछि सावण ठाकुर समेत सम्पर्क विहीन रहेको छ। तर, काका राकेश ठाकुरलाई हिरा माथि शङ्का रहेको बताए, किनकि हिरा र उसको काकी रुन्ची बिच अनैतिक सम्बन्ध रहेको शङ्कामै एक महिना पहिले घर परिवार र छर–छिमेकले सम्झाई बुझाई समेत गरेको जानकारी दिए । 

“दस दिन अघि, मेरी बुहारी रुन्ची कुमारी र भतिजो सवाण ठाकुर लापता रहेका । रुन्ची अन्तिम पटक सातदोबाटो स्थित आफ्नै कोठामा सुतेकी थिईन।   नाम रुन्ची कुमारी, उमेर २१ वर्षीय हो, लगभग ५.५ फिट अग्लो रहेकी । उनको सुरक्षाको बारेमा धेरै चिन्तित रहेको जेठाजुले बताए।  यदि कसैले वहाँलाइ कतै फेला पर्नु भए भने, कृपया स्थानीय पुलिसलाई सम्पर्क जानकरी दिनु होला वा हामीलाई सम्पर्क गर्नुहोला उनको खोजीमा मद्दत गर्नुहोस् हामीलाई धन्यवाद।” उनको हामी संग जिकिर गरे।

  • 0%
  • 0%
  • 14%
  • 0%
  • 14%
  • 0%

विराटनगरमा शोरुम फुटाएरै कार चोरी

  • २०८१ श्रावण ५ शनिबार

न्यूज ब्यूरो, विराटनगर ।  विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित पिपलचोक क्षेत्रबाट नयाँ कार चोरी भएको जिल्ला प्रहरी कार्यालय

पूरा पढ्नुहोस्

Bureau Menus