आर्थिक सहयोग नपुग्दा रौतहटको भव्य विष्णु मन्दिर निर्माण अलपत्र, देशविदेशबाट सहयोगको अपिल

२०८१ श्रावण ५ शनिबार
बिहान ११:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको रौतहट जिल्लास्थित निर्माणधिन रहेको भव्य विष्णु मन्दिर निर्माणमा आर्थिक लागत अपुग भएपछि अलपत्र भएको छ । 

रौतहटको सदरमुकाम समेत रहेको गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया स्थित सोबर्नामाईको प्राङ्गणमा रहेको बिस्नुमन्दीर निर्मानका लागि स्थानीय पत्रकार संजय सहनीले ६ बर्ष पहिला पूर्वमन्त्री प्रभु साहबाट शिलान्यास गराएका थिए।

मन्दीर निर्माणबाट सदरमुकामको कल्याण हुनुको साथै परापुर्वकाल देखि चर्चित एवं एतिहासिक सोबर्नामाई प्राङ्गणमा आन्तरिक तथा बाह्य पर्यटनको आवगम हुने र यसबाट पर्यटन क्षेत्रमा टेवा पुग्ने पत्रकार सहनीको भनाई छ।

नेपाल पत्रकार महासंघ रौतहटको स–सचिब समेत रहेका सहनीले जति प्रयास गर्दा पनि सरकारले बजेट नदिएको गुनासो गर्दै अब स्थानीय र देश बिदेशकै सहयोगी हातहरुबाट सहयोग लिएर भए पनि यो आर्थिक बर्षमा मन्दिरको स्थापना गराई गराउने दाबि गरेका छन् ।

 स्थानीयले बजेट छैन भन्छ्न ,केन्द्र वा प्रदेश सरकारले  समय मै बजेट दिन्न, दिएपनि बैशाख जेठमा दिन्छ ,कम समयमा गरेको गुणस्तहिन हुने तथा चाहिएको डिजाइन गर्न मिस्त्री नै असक्षम हुने बाध्यता रहेकोले अब दाताहरु कै भरले मन्दिर बनाउन अघि बढने सहनीले बताए ।

मन्दिरको करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको सहनीले दाबी गरे । उनले करिब ५० लाख रुपैयाँमा निर्मााण हुने उनले जनाए । उनले देशविदेशबाट सहयोगको अपेक्षासहित सहयोग गर्न अपिल गरे । 

यसको लागि हिन्दु सम्राट सेनाले समेत यसको लागि सहयोगको अपिल गरेका हुन् । 

 
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा चट्याङ (ठन्का) लागेर एक किसानको मृत्यू

  • २०८१ श्रावण ५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहामा चट्याँग लागेर एक जना किसानको मृत्यू भएको छ ।  विहिबार सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ६ भक्राहामा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर एक किसानको मृत्यु

पूरा पढ्नुहोस्

Bureau Menus