धनुषाः विरामी भएपछि बुवालाई अर्को गाउँमा छाडेर भागे छोराबुहारी, पानी नपाएर मृत्यू
अत्यधिक गर्मीको कारण उनको मृत्यू भएको अनुमान गरिएको छ । पुरुषको सनाखत हुन सकेको छैनन भने स्थानीयहरुका अनुसार भारत बिहारको बेनिपट्टि गाउँ बताएको बताईएको छ । विरामी भएपछि आफ्नै छोराबुहारीले छाडेर भागेको स्थानीयहरुले जनाएको छ ।

२०८१ साउन २ बुधबार, बेलुकी ६:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा बुवा विरामी भएपछि छोराबुहारी अर्कै गाउँमा फालेर भाग्दा एक पुरुषको ज्यान गएको छ ।
पूर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैयास्थित अज्ञात व्यक्तिले गएराती पुरुषलाई छाडेर भागेको स्थानीयहरुले जनाएको छ । आज दिउँसो अत्यधिक गर्मीको कारण उनको मृत्यू भएको स्थानीयहरुले जनाएको छ ।
तीन दिन अगाडी नै माचि झिटकैयास्थित हुलाकी सडकमा रहेको पिपलबोट नीर छाडेर भागेको बताईन्छ । उनलाई पुनः राती गाउँको एक स्थानीयको घर अगाडी छाडेर भागेपछि दिउँसो उनको मृत्यू भएको हो । स्थानीयहरुले समेत उनलाई हेरचाह नगरिदिएपछि उनको मृत्यू भएको हो ।
अत्यधिक गर्मीको कारण उनको मृत्यू भएको अनुमान गरिएको छ । पुरुषको सनाखत हुन सकेको छैनन भने स्थानीयहरुका अनुसार भारत बिहारको बेनिपट्टि गाउँ बताएको बताईएको छ । विरामी भएपछि आफ्नै छोराबुहारीले छाडेर भागेको स्थानीयहरुले जनाएको छ ।
मृतक पुरुषको शव पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याईएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…