जनकपुरः मोटरसाईकलले ठक्कर दिएपछि एक पुरुषको घटनास्थलमै मृत्यू, चालक फरार
बुधबार दिउँसो करिब १ बजेको समयमा डुमरियाबाट यदुकूहातर्फ गईरहेका सढानलाई विपरित दिशाबाट आएको अज्ञात मोटरसाईकलले ठक्कर दिएको जनाइएको छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय यदुकूहाबाट खटेको प्रहरी टोलीले एम्बुलेन्समा उपचारको लागि जनकपुर पठाएकोमा बाटोमै मृत्यू भएको जनाईएको छ ।

२०८१ असार १३ बिहीबार, दिउँसो १२:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक पुरुषलाई मोटरसाईकलले ठक्कर दिएपछि घटनास्थलमै मृत्यू भएको छ ।
बुधबार धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरस्थित बाटोमा जाँदै गरेको कमला नगरपालिका वडा नं. ८ हरिने बस्ने राजदेव सढानको ठक्कर दिएपछि मृत्यू भएको हो ।
बुधबार दिउँसो करिब १ बजेको समयमा डुमरियाबाट यदुकूहातर्फ गईरहेका सढानलाई विपरित दिशाबाट आएको अज्ञात मोटरसाईकलले ठक्कर दिएको जनाइएको छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय यदुकूहाबाट खटेको प्रहरी टोलीले एम्बुलेन्समा उपचारको लागि जनकपुर पठाएकोमा बाटोमै मृत्यू भएको जनाईएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार उनको घटनास्थलमै मृत्यू भएको थियो । अस्पताल पुगेपछि चिकित्सकले मृत घोषित गरेको जनाइएको छ । मोटरसाईकल चालक भने फरार रहेको धनुषा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…