सुनसरीः खोलामै बेपत्ता भए एक पुरुष, अझै परेनन फेला

२०८१ असार ८ शुक्रबार
बिहान ०७:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सुनसरी ।  सुनसरीको देवानगञ्ज र बर्जुको सिमाना रहेको बुढी खोलामा डुबेर बेपत्ता भएका प्रमोद चौधरी फैला परेको छैन। बर्जु गाउँपालिका वडा नम्बर ६ बस्ने ४१ वर्षीय चौधरी बुधबार करिब ११.३० बजे तिनमुहा पुल नजिकै बुढी खोलामा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएको हो ।

वेपत्ता भएका चौधरीको खोजी स्थानीय प्रहरी र स्थानीयवासीले बुधबार देखि नै गरिरहेको छ। तर अहिलेसम्म फेला परेको छैन बर्जु गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अशोक कुमार चौधरीले बताए। अध्यक्ष चौधरीका अनुसार 'छिमेकमा मरिमराउ भएको थियो' दाहसंस्कार गरेको चार दिनमा पुनः त्यही ठाउँमा गएर संस्कार अनुसारको काम गर्नुपर्ने भएकाले छिमेकीहरूसँगै उनी पनि गएका थिए।

बुढी खोलामा आएको बाढीले उनीलाई गएको हो। उनी पौडी खेल्न जबरजस्ती पस्दा खोलामा पसैको थियो ।' उनी पौडी खेल्न जान्नै भए पनि अत्यधिक रक्सी पिएकाले पौडन नसकेर डुबेको अध्यक्ष चौधरीले बताए। आफुलाई जानकारी हुने वितिकै प्रहरी र उद्दार टोलीलाई सम्पर्क गरे तर उद्दार टोली नआउँदा अहिलेसम्म खोज्न असफल भएको उहाँले बताए।

स्थानीय प्रहरी र स्थानीयवासी खोजी रहेको छ।

 
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'म जाति हेरेर होइन, कलाकारसँग बिहे गरेको छुः कलकत्तिया बाली 

  • २०८१ असार ८ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजालमा चर्चामा रहँदै आएका धनुषाका अविनाश झा उर्फ कलकतियावालीले बिहे गरेका छन् । महिलाको अभिनय गर्दै आएका अभिनास झाको कलाकारिता प्रायः सबैलाई मन पराएको कला

पूरा पढ्नुहोस्

Bureau Menus