गणेशमानचारनाथ नगरपालिकाले सेनालाई दिए विपद् व्यवस्थापन समाग्री
गणेशमानचारनाथ नगरपालिकाका नगर प्रमुख जीतनारायण यादव, उपप्रमुख तुलसा पाण्डे, प्रमुख प्रशासकीय अधिकृत रँजीत यादव, प्रशासकीय अधिकृत सूर्यनारायण सिँह, लेखा अधिकृत शिवनारायण साहले सँयुक्त रुपमा नं. १ राजदल गणका धारापानी ब्यारेकका सेनानी बम बहादुर लिम्बुलाई समाग्री हस्तान्तरण गरिएको हो ।

२०८१ असार ६ बिहीबार, राति ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले नेपाली सेनालाई विपद् व्यवस्थापन समाग्री प्रदान गरेको छ ।
विपदाबाट बचाउनको लागि नगरपालिकाले तालिम प्राप्त सेनालाई विपद व्यवस्थापनको समाग्री प्रदान गरेको हो । विहिबार एक कार्यक्रमबीच सेनाका प्रतिनीधिलाई २७ थान विपद व्यवस्थापन समाग्री हस्तान्तरण गरिएको हो ।
गणेशमानचारनाथ नगरपालिकाका नगर प्रमुख जीतनारायण यादव, उपप्रमुख तुलसा पाण्डे, प्रमुख प्रशासकीय अधिकृत रँजीत यादव, प्रशासकीय अधिकृत सूर्यनारायण सिँह, लेखा अधिकृत शिवनारायण साहले सँयुक्त रुपमा नं. १ राजदल गणका धारापानी ब्यारेकका सेनानी बम बहादुर लिम्बुलाई समाग्री हस्तान्तरण गरिएको हो ।
बर्षाको मौसमपछि बाढी, पहिरो, जलाशयबाट हुन सक्ने मानवीय क्षति, भौतिक क्षतिलाई नियन्त्रण गर्न र ज्यान बचाउनको लागि सो समाग्री प्रदान गरिएको हो ।
सो क्रममा नगरपालिकाले लाईफ ज्याकेट, ट्युब, सेफ्टी हेल्मेट, डोरी लगायतका समाग्री प्रदान गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…