धनुषामा सशस्त्र प्रहरीले थाले विपद व्यवस्थापनको तयारी, बाढी र कटान रोक्न तयार

२०८१ असार १ शुक्रबार
बेलुकी ६:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सशस्त्र प्रहरी बल धनुषाले जिल्लाको विभिन्न स्थानमा प्रत्येक बर्ष आउने बाढी र त्यसबाट हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै पूर्व तयारी सुरु गरेको छ । 

सशस्त्र प्रही बल धनुषाले विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी नदी कटान हुने क्षेत्र, बाढीबाट प्रभावित हुने क्षेत्र पहिचान गरी सो ठाउँमा उचीत व्यवस्थापन गर्ने तयारी गरेको हो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी  रामु राज कडरीयाको अध्यक्षतामा जिल्ला आपतकालीन कार्य संचालन केन्द्र र स्थानीय आपतकालीन कार्य संचालन केन्द्रको समन्वय बैठकले प्रभावित हुन सक्ने क्षेत्र पहिचानको लागि तयारी गरिएको हो । 

मनसुन पूर्व तयारी योजना तहत प्रतिकार्य योजना २०८१ को लागि विभिन्न योजनाहरु स्वीकृत गरिएको हो । विपद व्यवस्थापन समिति धनुषाको अगुवाईमा भएको बैठकमा सशस्त्र प्रहरी बल धनुषाका एसपी दर्शन गिरीले जिल्लाको नक्सा दर्साउँदै विभिन्न खोला, नदीबाट हुँदै आएको वा हुन सक्ने क्षतिलाई रोक्न तयारीको बारेमा प्रस्तुतिकरण दिएका थिए । 

बैठकमा जिल्लाका स्थानीय तहका प्रमुखहरु, नेपाल रेडक्रस सोसाईटी, जनकपुर उद्योग वाणीज्य संघ, युनिसेफ, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायत समपुर्ण सरोकारवाला पक्षहरुको उपस्थिति रहेको थियो । 

बैठकबाट जिल्ला विपद् व्यवस्थापन समितिबाट पेश भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१ स्वीकृत, बाढी तथा डुवान हुन सक्ने सम्भावित स्थानको पहिचान, बाढीबाट प्रभावित हुन सक्ने स्थान, क्षेत्रहरुमा रहेको जोखिमयुक्त वस्ती, टोल, गाउँहरुको सम्बन्धित स्थानीय तहहरुले तत्कालै स्थानीय विपद् व्यवस्थापन समितिवाट डुवान हुने जोखिमयुक्त वस्ती, टोल, पहिचान गरी सोही अनुसार पूर्वतयारी गरी विपद् प्रभावित व्यक्तिहरुलाई राहत, पुर्नस्थापना, उपचार लगायतका व्यवस्थापन गर्ने, सुरक्षा निकायहरुसँग रहेको जनशक्ति र सामाग्रीहरुलाई तयारी हालतमा राख्ने, मनसुन वर्षाबाट डुवान हुने स्थानहरुमा खाल्डा खुल्डी, पुल, पुलेसा मर्मत गर्ने, स्थानीय विपद व्यवस्थापन समिति गठन नभएका पालिकाहरुमा तत्कालै अनिवार्य रुपमा विपद् व्यवस्थापन समिति गठन गरी बैठक बसी उद्धार सामग्री, बाढीबाट प्रभावितहरुको लागि राहतर पुर्नस्थापनाको आवश्यक व्यवस्था मिलाउने, जिल्ला रेडक्रस सोसाईटी धनुषाले मनसुनी वर्षाको बाढीबाट प्रभावित हुने स्थान, क्षेत्रहरुमा एम्बुलेन्स सेवा, राहत र पुर्नस्थापनाका लागि तयारी अवस्थामा राख्ने र कमला नदी लगाएत अन्य नदिहरुको कटान रोक्नको लागि आवश्यक ब्यबस्था मिलाउने जस्ता निर्णयहरु गरिएको हो । 

 
  • 88%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका बिमल साह जसले हारमोनियम बजाएर विश्व रेकर्ड बनाए, चारैतर्फ सम्मानको ओइरो

  • २०८१ असार १ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  हारमोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाएपछी सर्लाहीका विमल साहलाई सम्मान गर्ने तथा बधाइ दिने व्यक्तिहरुको आइरो लागेको छ ।  सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १३ श्रीनगर निवासी

पूरा पढ्नुहोस्

Bureau Menus