धनुषाधामको वडाध्यक्ष यादव रहेनन्
नेपाली काँग्रेस पार्टीबाट वडा नम्बर १ मा निर्वाचित भएका वडाध्यक्ष यादवको अन्तिम सँस्कार उनकै पैतृक गाउँमा गरिएको धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।

२०८१ जेठ ३१ बिहीबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष विश्वनाथ यादवको अकालमै ज्यान गएको छ ।
विगत लामो समयदेखि क्यान्सरबाट पीडित धनुषाधाम नपा १ का वडाध्यक्ष यादवको उपचारको क्रममा मृत्यू भएको हो ।
क्यान्सरको चौथो स्टेजमा पुगेर संघर्षरत रहँदै आएका वडाध्यक्ष यादवको आज (विहिबार) विहानै मृत्यू भएको परिवारजनले जनाएको छ ।
नेपाली काँग्रेस पार्टीबाट वडा नम्बर १ मा निर्वाचित भएका वडाध्यक्ष यादवको अन्तिम सँस्कार उनकै पैतृक गाउँमा गरिएको धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…