जनकपुरमा एक युवकको शव फेला, गर्मीले मृत्यू भएको हुनसक्ने
आज अपरान्ह जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ र ४ को बीचमा पर्ने रामचोकभन्दा दक्षिण रहेको शुक्रबारी बजार नजिक मृत अवस्थामा पुरुषको शव फेला परेको हो । शुक्रबारी बजारस्थित रहेको फुटपाथमै उनको शव देखेपछि व्यापारीहरुले प्रहरीलाई खवर गरेको थियो । उनको अत्यधिक गर्मीको कारण मृत्यू भएको हुन सक्ने अनुमान गरिएको छ ।

२०८१ जेठ ३० बुधबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक पुरुषको शव फेला परेको छ ।
आज अपरान्ह जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ र ४ को बीचमा पर्ने रामचोकभन्दा दक्षिण रहेको शुक्रबारी बजार नजिक मृत अवस्थामा पुरुषको शव फेला परेको हो ।
शुक्रबारी बजारस्थित रहेको फुटपाथमै उनको शव देखेपछि व्यापारीहरुले प्रहरीलाई खवर गरेको थियो । उनको अत्यधिक गर्मीको कारण मृत्यू भएको हुन सक्ने अनुमान गरिएको छ ।
उनको विवरण भने खुलेको छैनन् भने मृत्यू कसरी भएको बारे प्रहरीले समेत अनुसन्धान जारी राखेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…