वडाध्यक्ष यादवको बदमासीः व्यक्तिगत जग्गामा बलपूर्वक बनाए सडक

२०८१ जेठ २१ सोमबार
बिहान ०८:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहा नगरपालिका वडा नम्बर ५ बरेर्वामा वडाध्यक्ष जागेश्वर यादवले व्यक्तिगत जग्गामा बलपूर्वक सडक बनाएर आरसिसी ढलान गरेको स्थानीयले आरोप लगाएको छ।

स्थानीय सुकदेव कुसियतले आफ्नो निजि जग्गामा वडाध्यक्षले  बलपूर्वक प्रहरी लगाएर बाटो बनाएर ढलान गरेको दुखेसो पोखेका छन् ।

सडक बनाउन लागेपछि आफुलाई कसैले नसोधीकन वडाध्यक्ष यादवले आफ्नो जग्गाको मुल्यांकन बढाउनको लागि  जबर्जस्ती बलपूर्वक प्रहरी लगाएर सडक ढलान गरेको बताए।' आफ्नो नाममा लालपुर्जा रहेको कित्ता नं.६६७ नम्बरको जग्गामा बिना सहमतिको सडक ढलान गरेको छु ,पीडित कुसियतले भने, 'यसरी कसैको जग्गामा सडक बनाउन कसैको अधिकार छैन ।'

'कसैको व्यक्तिगत जग्गामा सडक बनाउने कुन नियममा लेखिएको पिडित कुसियतले प्रश्न गरेका छन् ।' उनले भने,-'वडाध्यक्ष जागेश्वर यादवको व्यक्तीगत जग्गा आफ्नो जग्गाको पछाडि रहेकोले उनले आफ्नो जग्गाको मुल्यांकन बढाउनको लागि यो सडक जबर्जस्ती बनाएको आरोप लगाए।'

यता,पीडित सुकदेव कुसियतले उच्च अदालत राजविराजमा निषेधाज्ञाको मुद्दा दिएपछि अदालतले जेष्ठ ११ गते सिरहा नगरपालिकाको नाउँमा अन्तिम आदेश गरेको थियो। 

उच्च अदालतका न्यायाधीश बामदेव ज्ञवालीले निवेदकले अन्तरिम आदेश समेतको माग गरेको सम्बन्धमा अन्तरिम आदेश जारी हुने वा नहुने दुबै पक्षको उपस्थितिमा छलफल गराई निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा सो प्रयोजनको लागि प्रमाण सहित उपस्थित हुन मिति २०८१।२।१६ गते पेसी तोकिएको थियो। 

न्यायाधीश ज्ञवालीले जारी गरिएको आदेशमा पत्रमा भनेको छ,'छलफल नभए सम्मको लागि निवेदकको कि. नं. ६६७ को जग्गामा निजको मञ्जुरी सहमती विना बाटो निर्माण कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरेको छ।'

तर,सिरहा नगरपालिका-५ का वडाध्यक्ष जागेश्वर यादवले छलफल र सहमति बिनानै पीडित कुसियतको व्यक्तिगय जग्गामा सडक बनाएको छ।

यता,वडाध्यक्ष जागेश्वर यादवलाई यस विषयमा प्रतिक्रिया लिन पटकपटक टेलीफोन सम्पर्क गरेपनी उनको सम्पर्क हुन सकेनन् ।

  • 0%
  • 91%
  • 0%
  • 0%
  • 0%
  • 9%

‘नेपाल–भारत सीमा खुल्ला रुपमै वैज्ञानिक तिरकाले व्यवस्थापन गर्नु पर्छ’

  • २०८१ जेठ २१ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल भारत सीमा दुई देशको सम्बन्ध सुमधुर यथावत राख्न वैज्ञानिक तिरकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।  नेपाल भारत खुल्ला सीमा संवाद समूह

पूरा पढ्नुहोस्

Bureau Menus