जनकपुरको राराब क्याम्पसका स्वीयू नेताहरु छापामार शैलीमा पक्राउ
राराब कलेजका प्रत्यासी स्वीयू नेताहरुमा अजय पण्डित, गौत्तम यादव, सिद्धार्थ चौधरी लगायतका नेताहरुलाई पक्राउ गरिएको भन्दै लोविसंघले तत्कालै रिहाईको माग गरेको हो । उनीहरुलाई यथाशिघ्र रिहा नगरे आन्दोलनको चेतावनी दिएको हो ।

२०८१ जेठ ३ बिहीबार, दिउँसो १२:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले राराब कलेजका स्वीयू नेताहरुलाई छापामार शैलीमा पक्राउ गरेको छ ।
विहिबार विहान स्वीयूको अध्यक्षको कार्यालयमा गरिएको तालाबन्दी प्रहरीले खुलाउन खोजेपछि विवाद भएको थियो । सोही क्रममा तालाबन्दी यथावत नै रहनुपर्ने भन्दै अडान लिएका लोविसंघ, विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
क्याम्पस प्रशासन र स्वीयू नेताहरुको मिलोमतोमा विद्यार्थीको कापी सेटिँग गरेको आरोपसहित प्रत्यासी नेताहरुले तालाबन्दी गरेको थियो । सोही क्रममा स्वीयूका अध्यक्ष मनिष यादवलाई उनकै कार्यकक्षमा थुनेपछि नेताहरुलाई पक्राउ गरिएको हो ।
राराब कलेजका प्रत्यासी स्वीयू नेताहरुमा अजय पण्डित, गौत्तम यादव, सिद्धार्थ चौधरी लगायतका नेताहरुलाई पक्राउ गरिएको भन्दै लोविसंघले तत्कालै रिहाईको माग गरेको हो । उनीहरुलाई यथाशिघ्र रिहा नगरे आन्दोलनको चेतावनी दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…