
न्यूज ब्यूरो, जलेश्वर । गत चैत्र १० गते राति १० बजे महोत्तरीको गौशाला नगरपालिका २ निगौलमा एक समुहले दलित परिवारको घरमा पसेर कुटपिट गरे ।
कुटपिट मात्र गरेनन् उनीहरुलाई मरणासन्न हुने गरी घण्टौं पिटिरहे । उनीहरुको कुटपिटबाट रामप्रबोध पासमान उनका दुई छोरा जितेन्द्र पासमान र सत्येन्द्र पासमानलाई बाँसको भाटा, लाठीले कुटपिट गरी तीनै जनाको टाउँको फुटाईदिए ।
राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको लागि गए । तर उपचार त्यहाँ हुन नसक्ने भन्दै पठाईदिए । त्यसपछि उनीहरु राताराती जसोतसो मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पताल जनकपुरमा आएर उपचार गराए ।
उपचार गराएर घर फर्किदा जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय गौशालामा जाहेरी लिएर गए । प्रहरीले जाहेरी लिन मानेनन् । घटना बुझेर अनुसन्धान पश्चात मात्र जाहेरी दर्ता गर्ने भन्दै पन्छयाईरहे ।
जाहेरी दर्ता नगर्नुको मुख्य कारण थियो, राजनीतिक संरक्षण । कुटपिट योजनामा संलग्न रहको म्ुख्य नाईके मध्ये संघीय सांसद तथा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोईरीको भान्जा तथा गौशाला नगरपालिका प्रमुख दिपेन्द्र महतोको भाई सुरेन्द्र महतो र वडाध्यक्ष श्याम मण्डलको योजनामा ज्यान मार्ने प्रयास भएको पिडित रामप्रबोध पासमानले आरोप लगाए । उनले भने, ‘पहिल्यै देखि नै वडाध्यक्ष शिव मण्डल र सुरेन्द्र महतोले खेत आफ्नो नाममा गराउन विभिन्न प्रपञ्च रचे । कहिले परिवारलाई नै प्रहरीमा थुनाउने त कहिले ज्यान मारिदिने धम्की दिन्थे । कयौं पटक त कुटपिट पनि गरे तर म कमजोर केही नजान्ने भएर केही गर्न सकिन ।’
कुटपिटमा प्रत्यक्ष संलग्न सोही स्थानका देवनारायण महतो, रामकिशोर महतो, मनिष कुमार महतो, रामबाबु महतो र बीरेन्द्र महतो सहित १० जनाको नाममा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयमा महिनौं सम्म धाईरहेपनि मुद्दा दर्ता भए । प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दाको प्रमाण नपुग्ने भन्दै कुटपिट मुद्दा लेखाएर ल्याउन भने तर पनि प्रहरी जाहेरी लिन मानेनन् ।
घटनाको मूल जड
रामप्रबोध पासमानको जेठो छोरा रविन्द्र पासमान काठमाण्डौंको एक मेनपावरबाट फ्रि भिसा, फ्रि टिकटमा एक वर्ष अघि मलेशिया गए । संयोगले पासमान काम गर्न गएकै कम्पनीमा उनकै गाउँका रामकिशोर महतोले पनि पहिल्यै देखि काम गर्दै आएका थिए । भिसाको समयसिमा समाप्त भएर स्वदेश फर्किए ।
स्वदेश फर्किएको केही समयमै रामकिशोरले वडाध्यक्ष मण्डल सहित सुरेन्द्र महतोलाई लिएर रकम नदिए ज्यान मारिदिने धम्की दिदै आएको पिडित परिवार जितेन्द्र पासमानले सञ्चारकर्मी समक्ष बताए । उनले भने, ‘वडाध्यक्ष कहाँ कुनै काम लिएर जाँदा गरिदिदैन, वडाध्यक्षले जग्गा नामसारी नगरेसम्म कुनै काम नगरिदिने भनेर पन्छयाउँछ ।’
पिडितलाई थप प्रहरीबाट पिडा
राजनीतिको आडमा कुटिएका दलित परिवारलाई प्रहरी प्रशासनबाट न्यायको साटो थप पिडित बनाईएको छ । गत चैत्र १० गते मरणासन्न हुनेगरी भाटाको कुटाईबाट सख्त घाईते भएका परिवारलाई न्यायको साटो प्रहरी प्रशासनबाट थप पिडा दिईएको छ । रामप्रबोध पासमानको घरमै गएर कुटपिट गरेका व्यक्तिहरुलाई पक्राउ गरेर छानविन गरी अनुसन्धान गर्नुपर्नेमा पिडित परिवारलाई मुद्दा मिलापत्र गर्न दवाव दिईयो ।
ईलाका प्रहरी कार्यालयका तत्कालिन प्रहरी निरिक्षक मनोज यादवले कुटपिटमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्नेमा उल्टै पिडित जितेन्द्र पासमानलाई गरेर अभद्र व्यवहारको मुद्दा चलाएको पाईएको छ । ईलाका प्रहरी कार्यालयबाट पिडित परिवारलाई कुटपिट मुद्दामा मिलापत्र गर्न चौतर्फि दबाब दिईयो । मिलापत्र गर्न नमानेपछि पिडित परिवारको जितेन्द्र पासमानलाई चैत्र १४ गते अभद्र व्यवहारको मुद्दा दर्ता गरेर ७ दिन हिरासतमा राखियो ।
पिडित पासमानले सञ्चारकर्मीसग कुरा गर्दै भने, ‘तत्कालिन ईन्सपेक्टर मनोज यादव सा’पलाई यो–यो मान्छेले कुटेको उजूरी लिएर जाँदा उनै प्रहरी कहाँ चिया खाएर बसेको देखे ।‘ उनीहरुलै आफु सहित परिवारमाथि कुटपिट गरेको भन्दा पनि ईन्सपेक्टर सापले मिलापत्र गर्नुस् भनेर पटक पटक धम्क्याएको पासमानको भनाई छ । नमानेपछि जिल्ला प्रहरीमा उजूरी गरेपछि आफुमाथि १४ गते मुद्दा चलाएर ७ दिन अभद्र व्यवहार थुनेर न्यायको साटो पिडा दिएको बताए ।
यौन दुरव्यवहारमा परेकी महिला आफ्नो घरमा मृत भेटिइन, महिनौदेखि थिइन टेन्सनमा !
- २०८१ जेठ २ बुधबार
न्यूज ब्यूरो, सिरहा । आफूलाई बलात्कार गर्न खोज्नेविरुद्ध दिएको उजुरीमा न्याय पाउनुको सट्टा गाउँमै मिलापत्र गर्नुपर्ने दबाब खेप्दै आएकी पीडित महिला घरभित्रै मृत भेटिएकी छिन् । चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा
पूरा पढ्नुहोस्