धनुषाको यदुकूहा माविमा विद्यार्थीहरुसँग अवैद्यानिक रुपले रकम असुली, लेखापाल पण्डित असुलीकर्ता

२०८१ जेठ २ बुधबार
बिहान ०९:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित रहेको जनता एकाई माविका प्रधानाध्यापक र लेखापालले अवैद्यानिक तवरले रकम असुली गरिरहेको आरोप लगाईएको छ । 

मँगलबार विद्यालयका विद्यार्थीहरुले रकम असुलीको विरोध गरेपछि रहस्य बाहिरिएको हो । समुदायिक विद्यालयमा प्रधानाध्यापक र लेखापालले मनोमानी तवरले रकम असुली गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । 

विद्यालयको कक्षा ११ का विद्यार्थीहरुसंग तोकेको शुल्क भन्दा बढी अनौपचारिक रुपमा रुपैयाँ असुलीरहेको आरोप विद्यार्थीहरुको छ । कक्षा ११ मा अध्यनरत विद्यार्थीहरु संग राष्ट्रिय परीक्षा बोर्ड (एन.ई.बी.) फारमको दस्तुर ६५० रुपैयाँ साथै ३ हजार ७५० थप गरि जम्मा ४ हजार ४५०को दरले प्रत्येक विद्यार्थीहरुसंग असुली गरिरहेको विद्यार्थीहरुको गुनासो रहेको छ।

विद्यालयमा विद्यारर्थीहरुसंग एक हजार रुपैया लिएर त्यसको बिल नदिनु, किताब नदिनु, एनइबिको फारम दस्तुर ६०० हुदा ६५० लिनु, परिक्षाको शुल्क लिनु र विजुली बिल, पिउन, शिक्षकको तलब खाजा भाता समेत लिएर हामिहरुसंग शोषण गरेको आरोप विद्यार्थीहरुको छ । 

“विद्यालयले दस्तुर तोकेको अनुसार रुपैयाँ तिरेन भन्ने देखि कुनै विद्यार्थीले पढ्न नाअए हुन्छ भनेर दादागिरी तरिकाले विद्यालयका लेखापाल महेश्वर पण्डितले विद्यार्थीहरुलाई थर्काउने गरेको आरोप छ। 

यता, लेखापाल पण्डितले विद्यालयमा कक्षा ११ र १२ को कक्षा संचालन नीजी स्तरबाट सँचालनमा रहेकोले रकम लिएको प्रतिक्रिया दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 54%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०८१ जेठ २ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus