Close This

युवती मृत्यु घटनामा माईती पक्षद्वारा हत्याको आरोप

२०८१ बैशाख २७ बिहीबार
बिहान १०:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बरहथवामा एक महिलाको मृत्यु घटनामा माइती पक्षले हत्या भएको आरोप लगाएका छन । 

बरहथवा नगरपालिका वडा नम्बर ६ निवासी धरम विर महतोकी श्रीमती अन्दाजी १९ बर्षिय आरती कुमारी महतो गत बर्षको चैत्र २४ गते आफनै कोठाको पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । उक्त घटनामा यूवतीको मृत्यु नभई हत्या भएको माईती पक्षको दावी छ । 

हरिवन नगरपालिका वडा नम्बर १ भोक्टेनी माइती भएको मृत महिलाको एक बर्ष अगाडी मात्र बरहथवा निवासी रंजित महतो छोरा अन्दाजी २४ बर्षिय धरम विर महतोसंग समाजिक परम्परा अनुसार विवाह भएको थियो । बिहेपछि छोरीलाई थप दाईजो ल्याउन दवाव दिदै शरीरिक, मानसिक यातना दिनुको साथै शरिरिक शोषण समेत गर्दै आएको पिडित परिवारको आरोप छ । 

पीडित माईती पक्षले केटा लागुऔषध दुव्र्यसनी समेत रहेको दावी गरेका छन् । अरु ठाउँमा बिहे गरेको भए २० औं लाख पाउँथे, यि कुलक्ष्नीसंग छोराको बिहे गरेर केही पाइन भनी दिनहुँ दिदीलाई ताना दिदै आएको मृतक युवतीको कान्छी बहिनी सुशिला कुमारी महतोले बताईन । 

घटना भएको दिन आफू दिदीको सुसुरालीमा नै रहेको र बहिनी झुण्डिएको अवस्था मृत फेला परे पनि उनिहरुको परिवारको कुनै पनि सदस्यमा चिन्ता नदेखेनु शंकाको बिषय भएको मृतककी बहिनी सुशिलाको कथन छ । दिदीको ससुराले रातिमा दिदीसंग खुटा दबाउन (मसाज) समेत बाध्य बनाउँदै आएको थिए, जुन एउटा कुनै पनि परिवारमा बुहारीका लागि अपाच्य कुरा हुने गरेका हुन्छन ।”– बहिनी सुशिलाले भनिन ।   

दिदीको मृत्यू पछि आफूलाई अर्को कोठामा बन्धक बनाएर राखेको र जति कराए, चिच्याए पनि आफूलाई दिदीसंग भेटन रोक लगाएको बहिनी सुशिलाले बताईन ।

दिदीको झुण्डिएको अवस्थामा देखिनु, मेरो लागि भयानक दिन थियो, घटना भएपछि दिदीलाई एम्बुलेन्समा राखेर बरहथवा स्थित प्राथमिक स्वास्थ केन्द्रमा लगेको र आफू त्यहाँ पटक पटक बेहोस हुदै आएको थिइन, बहिनी सुशिलाले भनिन । भिनाजुले आफनो ३ जना साथी लगाएर मलाई आफनो अर्को घरमा एक घण्टा बन्धक बनाएर राखेको र आफू जति चिच्याए, कराएपनि दिदीलाई राखेको अस्पतालमा जान नदिएको बताइन । 

घटना भएको दिन नै मृतक महिलाको काकाका अनुसार भतिजिको सासुले कतारमा रहेको दाईसंग दाईजोका विभिन्न समानहरु बाँकी नै रहेको र यसको परिणामका लागि तयार रहन चेतावनी दिएको मृतक यूवतीको काका ज्ञानी महतोले बताए । 

भतिजीको न्यायका लागि आफू घटना भए लगत्तै चैत्र ३० गते कतारबाट स्वदेश फर्केको उनले बताए । परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण दाई र आफूसंग कतारमा मजुदुरी गर्दै आएको र भतिजिको न्यायका  लागि कहि कतैबाट सहयोग नपाएको दुखेसो पोखे । 

भतिजिको ससुराली पक्ष धनी र राजनीतिक पहुँच भएका कारण घटना बारे प्रहरी समेत संवेदनशिल नभएको उहाँको आरोप छ । यद्यपि प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन । प्रहरीले पति, सास र ससुरा विरुद्व कर्तव्य ज्यान उद्योगमा जाहेरी दर्ता नगरेपछि पिडित परिवारले आत्महत्या दुरुत्साहनमा इलाका प्रहरी कार्यलय, बरहथवामा किटानी जाहेरी दर्ता गराएका छन । 

पति धरम विर महतो, ससुरा रंजित महतो र सासु शिला देवी समेत मिलि छोरी आरती कुमारी महतोलाई माईतीबाट दाईजो नल्याएको भनी पटक पटक दाईजो दाईजो मागेर ल्याउ नत्र तलाई मारी दिन्छौं भनी डरत्रास दिदै आइ रहेको र छोरीको पतिले छोरी आरतीसंग बारम्बार सुनको सिक्री ल्याउनु भनी डरत्रास देखाएको र सो कुरामा छोरीको ससुरा र सासु समेतले साथ दिई निज छोरीलाई बारम्बार मानसिक र शरिरिक यातना दिने गरेकोबाट जेठी छोरीलाई आत्महत्या गर्न बाध्य बनाएको जोहरीमा उल्लेख छ ।  

  • 0%
  • 9%
  • 0%
  • 0%
  • 88%
  • 3%

बिहेको चार महिना नबित्दै श्रीमतिलाई घाँटी थिचेर हत्या !

  • २०८१ बैशाख २७ बिहीबार

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा बिहे भएको चार महिना नबित्दै श्रीमानले श्रीमतिको हत्या गरेको खवर बाहिरिएको छ ।  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ८ रमौलस्थित स्थानीय मोहन राउतको छोरा बर्ष

पूरा पढ्नुहोस्

Bureau Menus