जनकपुरमा बौलाहा कुकुरले एक बालिकालाई टोकेर मारिदिए !
शहिदनगर नगरपालिकाको यदुकूहा स्थायी घर भएका दिपक मजदुरी गर्दै आएका छन् । उनी श्रीमतीसंगै पुल चोकमा कोठा भाडा लिएर बस्छन् । बाहिर खेल्न गएको अवस्थामा सँध्यालाई कुकुरले लछारपछार गर्दै टोकेका थिए ।

२०८१ बैशाख २६ बुधबार, बिहान १०:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक बालिकालाई कुकुरले टोकेपछि मृत्यू भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ पुलचोकस्थित डेरा गरी बस्दै आएकी बालिकाको बौलाहा कुकुरले टोकेर ज्यान लिएको हो । मँगलबार साँझ पुलचोकमा डेरा लिएर बस्दै मजदुरी गर्दै आएका दिपक साहकी ६ बर्षिय छोरी सन्ध्या साहको मृत्यू भएको हो ।
कुकुरले टोकेर गम्भिर घाईते बनेकी सँध्यालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको सोही ठाउँमा मृत्यू भएको स्थानीयहरुले जनाएको छ ।
शहिदनगर नगरपालिकाको यदुकूहा स्थायी घर भएका दिपक मजदुरी गर्दै आएका छन् । उनी श्रीमतीसंगै पुल चोकमा कोठा भाडा लिएर बस्छन् । बाहिर खेल्न गएको अवस्थामा सँध्यालाई कुकुरले लछारपछार गर्दै टोकेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…