न्यूज ब्यूरो, जनकपुरधाम । नीजि विद्यालय तर्फ प्रदेशको चर्चित स्कूल जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयले महोत्तरीमा आगलागीका कारण घरबारविहीन भएका १०५ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ।
विद्यालय परिवारले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा बस्तीमा आगलागीका कारण घरबारविहीन भएका १०५ घरपरिवारलाई बुधबार बकभरि राहत सामग्री वितरण गरेको हो।
मोनाष्टिकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् जस्ता (टीन) को ठूलो बाकसमा प्याक गरेर खाद्यान्न सामग्री, बेड सिट, साबुन, दालमोठलगायतका खाद्यान्न सहयोग गरेको प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले जानकारी दिए ।
गत बैशाख १० गते मटिहानी नगरपालिका वडा नं ६ जरलहवा बस्तीमा लागेको उक्त आगोले १०० भन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएपछि मनकारी मोनाष्टिकले समाजिक दायित्व भलिभाँति निभाएका छन् । जनकपुरबाट सुत्ने, नुहाउने, लगाउने, तथा खाद्यान्न भरिएको बक्सा १०५ परिवारलाई सहयोग गरेको हो ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख लालकिशोर साह, मोनाष्टिक स्कूल सँस्थापिका, विद्यालयकी शिक्षक शिक्षिका, विद्यार्थी तथा कर्मचारीहरूको हातले पीडित परिवारहरूलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको हो ।
सो क्रममा मटिहानीका मेयर मण्डलले मोनाष्टिक स्कूले सहयोगको तरिका र सहयोग समाग्रीप्रति कृज्ञता व्यक्त गर्दै विद्यालय परिवारलाई खुलेर प्रशँसा गरे । नीजि स्तरबाट यस प्रकारको सहयोगको सुरुवात भएको भन्दै मोनाष्टिक स्कूललाई मनकारीको सँज्ञा दिए ।
मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न
- २०८१ बैशाख १९ बुधबार
न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।
पूरा पढ्नुहोस्