महोत्तरीमा भएको युवती बलात्कारको नेविसँघद्धारा निन्दा
न्यूज ब्यूरो | जनकपुरधाम, २७ जेठ । महोत्तरीको औरही नगरपालिकामा एक युवती माथि भएको बलात्कारको घटनाको नेपाल विद्यार्थी संघले घोर निन्दा गरेको छ । गत शुक्रवार औरहीमा एक १६ वर्षिय युवतीमाथि भएको बलत्कार जस्तो जघन्य अपराधको घटनाले आफुहरु स्तब्ध भएको जनाउदै दोषिलाई कडा कारवाहीको माग गरेको छ । नेपाल विद्या

२०७५ जेठ २७ आइतबार, बेलुकी ७:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २७ जेठ । महोत्तरीको औरही नगरपालिकामा एक युवती माथि भएको बलात्कारको घटनाको नेपाल विद्यार्थी संघले घोर निन्दा गरेको छ ।
गत शुक्रवार औरहीमा एक १६ वर्षिय युवतीमाथि भएको बलत्कार जस्तो जघन्य अपराधको घटनाले आफुहरु स्तब्ध भएको जनाउदै दोषिलाई कडा कारवाहीको माग गरेको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य ममता महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘समाजमा बलत्कार जस्तो अमानवीय तथा अपराधिक घटनाहरु बढ्दै जानुमा दोषिले सजिलै उम्कन पाउनु प्रमुख कारण हो ।
एउटा बोल्न नसक्ने युवतीलाई फकाई फुल्याई, विभिन्न प्रलोभनमा पारी बलात्कार जस्तो अपराध गर्नेलाई कदापि छोडन्न हुन्न ।’
केन्द्रिय सदस्य महतोद्वारा जारी विज्ञप्तिमा विगतमा यस्ता धेरै महिला हिंसाका घटनाहरु भएपनि विभिन्न प्रकारको डर, धाक, धम्की तथा प्रलोभनमा पारी प्रभुत्व भएका व्यक्तिले मुद्दालाई आफ्नो पक्षमा पार्ने गरेको यर्थाथलाई मध्यनजर गर्दै समाजमा रहेका बलात्कारी घटनाका आरोपितलाई कुनै पनि हालतमा कारवाही हुनुपर्ने माग गरेकी छिन् ।
उनले दोषिलाई अनुसन्धानको दायरामा ल्याई कानून बमोजिम कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
गत शुक्रवार महोत्तरीको औरही नगरपालिकाका एक १६ वर्षिय बोल्न नसक्ने युवतीलाई ७० वर्षिय बृद्धले बलत्कार गरेको आरोपमा कालेचरण चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…