देश समृद्धका लागि युवाको अहम भूमिका हुनुपर्छः सांसद प्रभु साह
उनले देश र समाजको सामाजिक सुधारको लागि युवाको अहम भूमिका हुनु जरुरी रहेको प्रकाश पारेका थिए । उक्त अवसरमा मौलापुर नगरपालिका नगर प्रमुख रिना साह , आजपाका महासचिव मनोज यादव, आजपाका स्थाई कमिटी सदस्य युवा नेता विजय यादव निर्विज, आम विद्यार्थी मोर्चाका केन्द्रिय अध्यक्ष विवेक साह , आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादव, लगायतका सहभागिता थिए।

२०८१ बैशाख १ शनिबार, राति ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नव वर्ष २०८१को शुभ अवसरमा आयोजित नयाँ बर्ष युवाहरुसँग अन्तरक्रिया गरेका छन् ।
गृहजिल्ला रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ५ पार्क होटल स्थित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साहले बोल्दै , अहिले नेपाल देश सङ्कटग्रस्त अवस्थामा रहेको बताउँदै देश विकासको लागि युवाहरु जस्तै नेता इमान्दार हुनुपर्ने बताए ।
उनले देश र समाजको सामाजिक सुधारको लागि युवाको अहम भूमिका हुनु जरुरी रहेको प्रकाश पारेका थिए । उक्त अवसरमा मौलापुर नगरपालिका नगर प्रमुख रिना साह , आजपाका महासचिव मनोज यादव, आजपाका स्थाई कमिटी सदस्य युवा नेता विजय यादव निर्विज, आम विद्यार्थी मोर्चाका केन्द्रिय अध्यक्ष विवेक साह , आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादव, लगायतका सहभागिता थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…