
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले कम स्रोत साधनले पनि जिल्लामा नमुना विद्यालयको पदवी विदेह नगरपालिकाले पाएको बताएका छन् ।
नगरपालिकाको वडा नम्बर ९ इटहर्वास्थित शिवशंकर जनता माध्यमिक विद्यालयको चारकोठे पक्की भवन हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर दासले नगरपालिकाको सानो सहयोग र सिमित स्रोत साधनले पनि शिक्षातर्फ प्रगति उन्मुख रहेको बताए ।
करिब एक करोड रुपैयाँको लागतमा नवनिर्मित भवन बुधबार एक समारोह बीच उद्घाटन गर्दै मेयर दासले शिक्षाको पूर्वाधार निर्माणको लागि सुरुकै कार्यकालदेखि आफू निरन्तर तत्पर रहेको बताए ।
दासले स्थानीय निकायले थोरै स्रोतसाधनका बावजुद आफ्नो क्षेत्रमा रहेका विद्यालयको भौतिक अवस्था सुधारलगायतको काममा गैरसरकारी संस्था योगदान रहेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुमराती नदाफले बालमैत्री तथा समावेशी विद्यालय भवन, शौचालय, खानेपानीसहितको व्यवस्था पछि विद्यार्थीलाई पठनपाठनमा थप सहज हुने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक कृष्णदेव यादवले वि.सं. २०१७ सालदेखि पठनपाठन सुरु भएको विद्यालयमा अहिले एक हजार ८० विद्यार्थी पठनपाठन गरिरहेको छ । विद्यालयको नवनिर्मित भवन संरचनाले शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्साहका साथ शिक्षण सिकाइ प्रक्रियामा सहभागी हुन सहज हुने विश्वास व्यक्त गरे । उनले पहिले निर्माण गरिएका भवनभन्दा फरक आकर्षक, अत्याधुनिक र सुविधासम्पन्न संरचना बनेकाले त्यस क्षेत्रका चार सय ५० घरधुरीका सयौँ बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्न आफूहरूलाई पनि थप हौसला मिलेको बताए ।
विद्यालयको जग्गादाता इटहर्वा मठका महन्त शिवनारायण पुरीको अध्यक्षतामा भएको कार्यक्रममा आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिनेश साह, प्लान इन्टरनेश्नलका रबीशंकर पण्डितले विद्यालयको आवश्यकता, संस्थाले तोकेका विभिन्न सूचकका आधारमा सो विद्यालयमा भवन निर्माण गरिएको बताए ।
सात महिनामा निर्माण सम्पन्न गरिएको चार कोठासहितको दुईतले अत्याधुनिक भवन, अपांगमैत्री संरचना, छात्रछात्रका लागि छुट्टाछुट्टै शौचालय, खानेपानी र हातधुने धारासहितको संरचना बनाइएको छ ।
बन्दी रिहाई नगरे 'युद्ध विराम भँग' गर्ने अमेरिक राष्ट्रपति ट्रम्पको चेतावनी
- २०८० चैत २२ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले हमासका लागि बन्दी रिहाइको समयसमेत दिएका छन्। उनले हमासलाई बन्दी
पूरा पढ्नुहोस्