जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यू

२०८० चैत १३ मंगलबार
रति ८:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा करेन्ट लागेर एक महिलाको मृत्यू भएको छ । मँगलबार बिहान उनलाई करेन्ट लागेर मृत्यू भएको हो । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठाकी ३६ वर्षीया गौरी देवी साहीलाई आज (मँगलबार) विहान करेन्ट लागेर मृत्यू भएको प्रहरीले जनाएको छ । 

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा महिलालाई करेन्ट लागेको थियो ।

उपचारको लागि न्यूरो हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको थियो।

महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८० चैत १३ मंगलबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus