सिरहामा होलीको दिन ट्राफिक नियम उलंघन गर्ने १६६ मोटरसाईकल पक्राउ

२०८० चैत १३ मंगलबार
बिहान ०९:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । होली पर्व मनाईने क्रमम कुनै  पनि  प्रकारको अप्रिय घटना नहोस भनि कड़ाई गरिएको सुरक्षा व्यवस्था अन्तरर्गत सिरहा प्रहरीले ट्राफिक नियम उलंघनका घटनामा संलग्न १ सय ६६ मोटर साईकिल नियन्त्रणमा लिई कानूनी कारबाही अघि बढ़ाइएको छ ।

तराई मधेश लगायत सिरहा जिल्लामा समेत हर्षोउल्लासका साथ मनाइने सामाजिक सद्भावको पर्व होलीमा उच्छृंखल गतिविधि तथा कुनै पनि सड़क दुर्घटनालाई तत्काल न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय सिरहाले परिचानल गरेको, प्रहरी टोलीहरुले ट्राफिक नियम उलंघन गरेका मोटरसाईकलहरु तत्काल नियन्त्रण गरी कारबाही गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए।

उनका अनुसार परम्परागत तरीकाले मनाउनु पर्ने होलीमा बढ़ी जसो मोटरसाईकिलहरु तीन जना सवार तथा हेल्मेट नलगाइएको मादक पदार्थ सेवन गरी तीव्र  गतिमा चलाईएको मोटरसाईकिल नियन्त्रणमा लिई कानूनी कारबाही गरिएको जानकारी दिए ।

सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था कड़ाई गर्न विभिन्न माध्यमले जिल्ला प्रहरी मातहातबाट ६ सय बढ़ी प्रहरी कर्मचारीहरु खटाईएको थियो।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus