जनकपुरमा आज महामुर्ख सम्मेलन हुँदै
सो प्रतियोगिताको शुभारम्भ मन्त्री यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष वृषेश चन्द्रलाल, एमाले नेता शितल झा, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र मिनापका पदाधिकारीहरुले संयुक्तरुपमा गरेका थिए । सो क्रममा गायक सुनिल मल्लिक, ललित कामत लगायतले होरी गीत गायन गरी प्रतियोगिताको शुभारम्भ गरेका थिए ।

२०८० चैत १२ सोमबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष होली पर्वको पूर्वसंध्यामा मनाइदै आएको महामुर्ख सम्मेलन आज सोमबार मनाइने भएको छ ।
मिथिला नाट्यकला परिषद्ले आयोजना गर्दै आएको महामुर्ख सम्मेलन जनकपुरको राममन्दिर प्राँगनमा आयोजन गरिएको हो ।
आईतबार होरी गायन प्रतियोगिता सम्पन्न गरेको मिनापले आज महामुर्ख सम्मेलन गर्ने भएको छ । मधेश प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको सह– आयोजनमा भएको सो होरी गायन प्रतियोगितामा पोखरभिण्डा होरैया समूह, सम्सी गाउँपालिका महोत्तरी प्रथम भएको छ । सो प्रतियोगितामा बलहा कठाल होरैया समूह जनकनन्दनी गाउँपालिकाको महिला समूह द्वितीय स्थान र कटैया होरैया समूह, धनौजी गाउँपालिकाले तृतीय स्थान प्राप्त गरेको छ ।
प्रथम, द्वितिय र तृतिय स्थान हुनेहरुलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले क्रमशः छ भरि, चार भरि र तीन भरि चाँदीको मेडलले पुरस्कृत गरेकी थिइन् । त्यस्तै थारु कल्याणकारी समूह कसहा, सप्तरी र मिरजापुर सर्लाही होरैया समूहलाई सान्त्वना पुरस्कारस्वरुप जनही दुई हजार पाँच सय रुपैयाँ मन्त्री यादवले प्रदान गरिन् ।
सो प्रतियोगितामा १० वटा होरैया समूह सहभागी भएको थियो । सो १० समूह मध्येका विजेता छनोटकर्ताका रुपमा निर्णायक मण्डलसमेत गठन गरिएको थियो । सो निर्णायक मण्डलमा वरिष्ठ पत्रकार साहित्यकार हिमांशु चौधरी, गायक ललित कामत र शिक्षक तथा साहित्यकार प्रेम विदेह ललन रहेका थिए ।
सो प्रतियोगिताको शुभारम्भ मन्त्री यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष वृषेश चन्द्रलाल, एमाले नेता शितल झा, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र मिनापका पदाधिकारीहरुले संयुक्तरुपमा गरेका थिए । सो क्रममा गायक सुनिल मल्लिक, ललित कामत लगायतले होरी गीत गायन गरी प्रतियोगिताको शुभारम्भ गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…