Close This

आरती साह मृत्यू प्रकरणमा पक्राउ परेका ससुरा पक्षका आरोपितहरुलाई रिहा गर्न जनकपुरमै प्रदर्शन

२०८० चैत ७ बुधबार
बिहान १०:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरकी आरती साह मृत्यू प्रकरणमा पक्राउ परेका ससुरा पक्षका आरोपितहरुलाई रिहा गर्नको लागि जनकपुरमा प्रदर्शन गरिएको छ । 

मँगलबार मृतक आरती साहको ससुरा पक्षबाट केही व्यक्तिहरु हातमा प्लेकार्ड लिएर पक्राउ परेका आरोपितहरुलाई रिहा गर्न माग गरेको हो । 

सो क्रममा प्रदर्शनकारीहरुले गृहमन्त्री लामिछानेले आरती साहको श्रीमान, देवर, ससुरा र सासुमाथि झुठा मुद्दामा फसाउन खोजेको भन्दै उनको विरुद्धमा प्रदर्शन गरेको जनाएको छ । 

शंकास्पदरुपमा मृतक आरती साहको श्रीमान, देवर, ससुरा र सासुलाई प्रहरीले दश महिना पछि पुनः पक्राउ गरेको भन्दै विरुद्धमा प्रदर्शन गरेको आरती साहका ससुरा पक्षधरका मदनमोहन साहले बताए ।

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले केहीलाई साधारण तारेखमा रिहा गरेको र केही पुर्पक्षका लागि कारागारमा रहिरहेको अवस्थामा गृह मन्त्रालयले झुठा मुद्दामा पुनः धरपक्कड गरेको भन्दै विरोध प्रदर्शन गरेको उनले बताए । 

आरती साहका माइती पक्षबाट आमा, बुवा बहिनी र भाईले गृह मन्त्रालयमा जाहेरी दिएको आधारमा पक्राउ गरेर पुनः मुद्दा चलाउन खोजेको भन्दै उनले आफुहरुले तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरेको प्रस्ट्याए ।

आइतबार जिल्ला प्रहरी कार्यालय धनुषाले सो घटनाका आरोपित सासु रेणु साहलाई पक्राउ गरेको थियो । धनुषा प्रहरीले आरतीका आरतीका श्रीमान मोतीबाबु साह, देवर रवि साह र ससुरा मदनमोहन व्याहुत सुँडीलाई समेत पक्राउ गरेको थियो । गत जेठ ७ गते आफ्नै घरमा आरती झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । दाइजोको कारण ससुरा पक्षले आरतीको हत्या गरेको भन्दै माइती पक्षले निरन्तर आन्दोलन गर्दै आएको थियो ।

  • 1%
  • 2%
  • 2%
  • 3%
  • 1%
  • 1%

न्यूज ब्यूरो, जनकपुरधाम । नीजी विद्यालयहरुको छाता सँगठन एनप्याब्सन जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध उच्च अदालत गएको छ ।  जनकपुरधाम उपमहानगरपालिकाले गत वर्ष नगरमा संचालित निजि विद्यालयहरुको अनुगमनको क्रममा जनकपुरधामका ११ भन्दा बढी निजि

पूरा पढ्नुहोस्

Bureau Menus