परिक्रमा आज धनुषाधाम पुग्दै
महोत्तरीको कञ्चनवनमा होली खेलेपछि धनुषा प्रवेश गरेको धार्मिक लस्कर सोमबार पर्वतामै विश्राम गरेको थियो । आज विहानैदेखि साधुसन्त, श्रद्धालु, यात्रीहरु धनुषाधामको लागि प्रस्थान गरेको हो । धनुषाधाम नगरपालिका वडा नम्बर ३ धनुषाधाम बजारमा परिक्रमावासीले डेरा डाल्ने भएको छ ।

२०८० चैत ६ मंगलबार, बिहान ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषाधाम । १५ दिने परिक्रमाको धार्मिक लस्कर आज धनुषाधाम पुग्न लागेको हो । सोमबार धनुषाधाम नगरपालिका वडा नम्बर ५ पर्वता विश्राम गरेका धार्मिक लस्कर आज केही दुरीमा रहेको धनुषाधाम विश्राम गर्ने भएको छ ।
महोत्तरीको कञ्चनवनमा होली खेलेपछि धनुषा प्रवेश गरेको धार्मिक लस्कर सोमबार पर्वतामै विश्राम गरेको थियो । आज विहानैदेखि साधुसन्त, श्रद्धालु, यात्रीहरु धनुषाधामको लागि प्रस्थान गरेको हो । धनुषाधाम नगरपालिका वडा नम्बर ३ धनुषाधाम बजारमा परिक्रमावासीले डेरा डाल्ने भएको छ ।
परिक्रमावासीहरुको आगमनलाई लिएर सोमबारदेखि नै धनुषाधाम बजारमा वृहत सरसफाई गरिएको छ । सो ठाउँमा नाचगानसहित अन्य विभिन्न व्यवस्थाहरु गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…