सँचारकर्मी तनविरको टीमले जनकपुरबाट सुरु गरे 'रमजान दान अभियान', आधा दर्जन जिल्लामा जारी
तनविर भन्छन्, ईस्लामका पाँच आधार स्तम्भहरू इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कलमा मध्ये रोजा (व्रत) एक खम्बा हो। रमजान महिना दान गर्ने महिना पनि हो सहयोग गर्नेहरूका लागि रमजान एउटा अवसर पनि हो । विश्वभरि नै रमजान महिनामा मुसलमानहरू हुने जति सहयोग र दान गर्ने गरेका छन् ।

२०८० चैत ३ शनिबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । इस्लाम धर्मावलम्बीहरुको पवित्र एक महिने रमजान पर्व चलिरहेको अवस्थामा जनकपुरका सँचारकर्मी तनविर राइनले रमजान अभियान सुरु गरेका छन् ।
इस्लाम धर्मावलम्बीहरुको लागि विभिन्न पर्वमध्ये एक महिने व्रतको रुपमा रहेको रमजानका अवसरमा यस बर्ष पनि रमजान अभियान सुरु गरेका छन् ।
विगत एक वर्ष २०७९ देखि जनकपुरमा 'रमजान दान अभियान' आवस्यकतालाई मद्दत हुने उदेश्यले यहिका सँचारकर्मी तनविर रेजा राइनले टिम मार्फत इफ्तार (व्रत तोड्ने बेलामा खाईने खानेकुरा) का लागि राहत बाँडिरहेका छन्।
अति गरिब र विपन्नलाई सहयोग पुग्ने उदेश्यले सामाजिक संजाल फेसबुकबाट अनलाईन चन्दा संकलन गरिरहेका छन् । उनको यो अभियानमा धेरै जनाले हुने जति आर्थिक डोनेशन गरिरहेका छन् । यस अभियानमा उनका साथी रियाज राइन र फरिदा खातुनसहित तीन जनाको समुहले इफ्तारको राहत जरुरतमन्दलाई बाँड्दै छन् ।
जनकपुरधामबाट सुरु भएको 'रमजान दान अभियान' अहिले विभिन्न जिल्लाका युवाहरुले आ-आफ्नो क्षेत्रबाट अभियान चलाइरहेका छन् । रमजान दान अभियान अहिले जनकपुर, बिरगंज, सुनसरी, रौतहट, सप्तरी लगायत आधा दर्जन जिल्लामा जारी छन् भने अन्य जिल्लामा पनि यो अभियान थालिने छ ।
तनविर भन्छन्, ईस्लामका पाँच आधार स्तम्भहरू इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कलमा मध्ये रोजा (व्रत) एक खम्बा हो। रमजान महिना दान गर्ने महिना पनि हो सहयोग गर्नेहरूका लागि रमजान एउटा अवसर पनि हो । विश्वभरि नै रमजान महिनामा मुसलमानहरू हुने जति सहयोग र दान गर्ने गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…