न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको रामानन्दचोकस्थित रहेको सिटी प्यालेस होटेलमा मृत भेटिएकी महिला खुश्वु सुनार आफूखुसी दुई युवकसँग आएकी खुलेको छ ।
खुश्वुसँगै उनका एक अन्य केटीसाथी सँगै रहेको तथा राती होटेलमा छुट्टाछुट्टै कोठामा बसेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, मृतक खुश्वु र उनकी एक साथी पोखराबाट सँगै जनकपुर आएकी थिइन् ।
राती रामानन्दचोकस्थित सिटी प्यालेश होटेलमा दुई युवक र दुई युवति दुई कोठामा बसेको होटल सँचालकलाई उदृत गर्दै धनुषाका प्रहरी प्रवक्ता रँजन अवाले जनाए । उनका अनुसार, खुश्वुको दुई छोराछोरी रहेको छ । खुश्वु आफूखुसी पोखराबाट केटाहरुको सम्पर्कमा आएर जनकपुर आएकी थिइन् ।
प्रवक्ता अवाका अनुसार, होटेलबाट सिसिटीभी फुटेज झिकिएको र सोही अनुसार अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए । उनका अनुसार , फरार एक युवक भारतीय रहेको जनाईएको छ । सो मध्ये एक जना होटलकै स्टाफ पूर्वी धनुषाको रहेको जनाईएको छ । उनी डरले होटेल छाडेर भागेको बुझिएको छ । उनीहरुको खोजबिन भईरहेको प्रहरीले जनाएको छ ।
बलात्कार गरी हत्या गरिएको सन्दर्भमा प्रवक्ता रँजन अवाले खुश्वु आफूखुसी केटाहरुसँग आएको भेटिएको हो । थप के कस्तो भएको बारे पोष्टमार्टमपछि जानकारी आउने बताए । आज पोष्टमार्टम नभएको र भोली पोष्टमार्टम भएपछि थप भन्न सकिने उनले जानकारी दिए ।
मँगलबार बिहान करिब ९ बजेतर्फ चेकइनको लागि गएका होटल स्टाफले कोठा खुल्ला र युवतिलाई बेहोस देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…