चर्को साउण्डमा डिजे बजाएको आरोपमा डिजेबाला पक्राउ, धनुषा प्रहरी अझै असक्षम
सोमबार दिउँसो उपमहानगरपालिकाको बजार एरियामा चर्को आवाजमा डीजे बजाउँदै गरेको अवस्थामा नेपाल सुनिल बैण्डका मियाँलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनलाई डीजे गाडीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको न्यौपानेले बताएका छन् ।

२०८० फागुन २९ मंगलबार, बेलुकी ५:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । जिल्ला प्रहरी कार्यालयले चर्को साउण्डमा डिजे नबजाउन सूचना जारी गरेपनि अटेरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर बस्ने ३० बर्षिय मनौवर मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
बारा प्रहरीले केही दिन पहिला चर्को आवाजमा डिजे बजाउनेलाई पक्राउ गरेर कारवाही गर्ने सूचना निकालेको थियो । सोही सूचनालाई कार्यनयन गर्दै बारा प्रहरीले चर्को आवाजमा डिजे बजाएर ध्वनी प्रदूूषण गर्ने एक जना व्यक्तिसहित डिजे र गाडी नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो उपमहानगरपालिकाको बजार एरियामा चर्को आवाजमा डीजे बजाउँदै गरेको अवस्थामा नेपाल सुनिल बैण्डका मियाँलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनलाई डीजे गाडीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको न्यौपानेले बताएका छन् ।
यता, धनुषा प्रहरीले दर्जनौ पटक चर्को साउण्डमा डिजे नबजाउन भनेपनि अटेरी हुँदै आएको छ । ग्रामिण भेकमा मात्र नभई जनकपुर शहरभित्रै चर्को साउण्डमा डिजे आतँक मच्चिदाँ धनुषा प्रहरीले एक्सन लिनबाट डराएको हो । स्थानीयहरुको डरले धनुषा प्रहरी एक्सन लिन नचाहेको गुनासो छ ।
यता, केही बुद्धिजीवीहरुले डिजेबालाहरुसँग मासिक उठाउने प्रहरीहरु समेत सोही डिपार्टमेन्टमा भएकोले कारवाहीको नाटक मात्रै गर्दै आएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…