साईकललाई ठक्कर दिएपछि यात्रुवाहक बसमा स्थानीयहरुले लगाए आगो, जलेर ध्वस्त
साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

२०८० फागुन २८ सोमबार, बेलुकी ६:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशको सर्लाही जिल्लास्थित एक साईकललाई यात्रुबाहक बसले ठक्कर दिएपछि जलाएर ध्वस्त पारिएको छ ।
सोमबार बिहान १० बजेको समयमा सर्लाहीको नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ आउँदै गरेको ग २ ख १४४० नम्बरको बसले बिहान १०ः३० बजेको समयमा साईकल यात्रीलाई ठक्कर दिएको थियो । सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएपछि स्थानीयहरुले बस जलाएको हो ।
दुर्घटनामा परेका महतो गम्भीर घाईते भएका महतोलाई उपचारको लागि नपठाउँदै आक्रोसित स्थानीयहरुले घटना लगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ । आगजनी बाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ।
साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।
उनको अवस्था चिन्ताजनक रहेको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…