सिरहामा आफ्नै श्रीमतिलाई धारिलो हतिहार प्रहार गरी हत्या !
घरायसी झगडाको कारण साहले श्रीमतिलाई धारिलो हतियारले घाँटी रेटि दिएको स्थानीयहरुले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालय सिरहाको मुचुल्का टोली घटनास्थल पुगेको छ यस घटनाबारे थप विवरण आउन बाँकी छ ।

२०८० फागुन २७ आइतबार, बेलुकी ५:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।
सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर ६ बसबिट्टास्थित बस्ने स्थानीय राम उदगार साहले आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।
घरायसी झगडाको कारण साहले श्रीमति निर्मला साहलाई धारिलो हतियारले घाँटी रेटि दिएको स्थानीयहरुले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालय सिरहाको मुचुल्का टोली घटनास्थल पुगेको छ
प्रहरीका अनुसार, कमला धारमा घाँस काट्न गएको बेला राम उदगारले निर्मलालाई दुई तीन पटक घाँस काट्न दबाब दिएको थियो । घाँस काट्न नमानेपछि रिसमा आएर राम उदगारले घाँट काटने हँसियाले नै उनको घाँटी रेटेर हत्या गरिदिएको हो ।
घटनाको खवर पाए लगत्तै वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले रामउदगारलाई सिरहा बजारबाटै पक्राउ गर्न सफल भएको हो । उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…