महोत्तरीको मगरथाना स्थित मंगलनाथ महादेव मन्दिरमा शिव पार्वती मिलन
मेला शिवरात्रीको दिन देखि ४ दिन सम्म मेल लाग्ने छ , विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिएको छ । शान्ति सुरक्षाका लागि नेपाल प्रहरी शस्त्र प्रहरी मेला समिती द्वारा स्वंम सेवक समेत खटाएको छ मेला अध्यक्ष राम प्रवेश यादवले बताए ।

२०८० फागुन २६ शनिबार, बिहान ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको एक शिवालयमा महादेव र पार्वति मिलनको धागो जोडिएको छ । महोत्तरीको सोनमा गाउँपालिका वडा नं ६ मगरथाना स्थित मंगलनाथ महादेव मन्दिरमा शिवरात्रीको दिन बिशेष पुजापाठ गरि शिव मन्दिर,पार्वती मन्दिर,गणेश मन्दिरमा बन्धन बाधी (पचरखाले) एक मन्दिर बाट अर्को मन्दिरमा जोडिएको छ ।
सोनमा गाउँपालिकाको अध्यक्ष बिशेश्वर प्रसाद यादवको विशेष उपस्थितिमा शिव पार्वति मिलनको धागो बाँधिएर शिवरात्री मनाएको हो ।
सो क्रममा गाउँपालिका अध्यक्ष यादवले मंगलनाथ महादेव मन्दिरको निर्माणकर्ता स्वमं बिश्वकर्मा रहेको बताउँदै पूर्वजको पालादेखि स्थापित महादेव स्थान रहेको बताए ।
कसरी ? कसले बनाएको भन्न सकिने अवस्था छैन यस भित्र अदभूत दृश्यहरु पनि देख्न सकिन्छ मन्दिरको गुफा भित्र ३०/४० फिट जमिन मुनि शिवलिङ्ग रहेको छ । यस भित्र वर्षात न भएपनी गुफा भित्रको पानी सुक्दैन । जलफुल सहित शिवभक्तहरु भाकल मानिएकाहरु पुजाअर्चना गर्न लाखौं भक्तजनहरुको सहभागीता हुने गरेको छ । यस मन्दिरमा शिवरात्रीको दिन बिशेष पुजा अर्चाना हुँदै आएको छ, श्रावणमा पनि बोलबम मेला कमलाबाट जल ल्याएर चढाउने गरेको छ । मन्दिरलाई सौन्दर्यकरण गर्न गाउँपालिकाबाट बजेट विनियोजन गरि व्यवस्थित गर्ने गाउँपालिका अध्यक्ष यादवले बताए ।
मेला शिवरात्रीको दिन देखि ४ दिन सम्म मेल लाग्ने छ , विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिएको छ । शान्ति सुरक्षाका लागि नेपाल प्रहरी शस्त्र प्रहरी मेला समिती

द्वारा स्वंम सेवक समेत खटाएको छ मेला अध्यक्ष राम प्रवेश यादवले बताए ।
सो अवसरमा गाउँपालिका बाट स्वास्थय शिविर समेत संचालन गरिएको थियो स्वास्थ्यकर्मी सुनिल यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…