जनकनन्दिनी गाउँपालिकाको आफ्नै प्रशासनिक भवन, जनप्रतिनीधिहरुले गरे उद्घाटन
गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगलले सँयुक्त रुपमा भवनको शिलालेख अनावरण गरेको थियो । शिलालेखमा वर्तमान सबै वडाध्यक्षहरुको समेत नामावली उल्लेख गरिएको छ । वर्तमान कार्यपालिकाको पालामा निर्माण भएको भन्दै शिलालेखमा जनप्रतिनीधिहरुलाई स्थान दिएको हो ।

२०८० फागुन २३ बुधबार, बेलुकी ७:५५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका आफ्नै प्रशासनिक भवनमा गृह प्रवेश गरेको छ ।
बुधबार एक समारोहबीच गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु विधिवत नयाँ प्रशासनिक भवनमा प्रवेश गरेका छन् । गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव, उपाध्यक्ष कमला सहगलले सँयुक्त रुपमा भवनको उदघाटन गरेका हुन् ।
.jpeg)
गत वि.सं. २०७७ साल चैत्त १८ गते तत्कालिन गाउँपालिका अध्यक्ष (स्वर्गीय÷जन्नत) अब्दुल बारिक शेख र तत्कालिन गाउँपालिका उपाध्यक्ष भारती कार्कीले सँयुक्त रुपमा शिलान्यास गरेको थियो । सोही योजना तहत स्थानीय सरकारको दोस्रो कार्यकालमा निर्वाचित भएका गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगलको पालामा पूर्णता दिँदै विधिवत उदघाटन गरिएको हो ।
बुधबार बिहान हनुमान आराधाना गरी हिन्दुधर्म विधिविधान अनुसार गृह प्रवेश गरेको हो । जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर ४ स्थित रहेको परसाहा (खेल मैदान) स्थित रहेको बर्थिँग सेन्टर नजिक सो भवन ठडयाइएको हो ।
दुई तल्ले प्रशासनीक भवनको लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको थियो । ई–बिडिँगबाट सो भवनले तीन आर्थिक बर्षमा पूर्णता पाउँदै सँचालनमा आएको हो ।
उदघाटनको लागि वडा नं. १ का वडाध्यक्ष सँतोष गोईत, वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक, वडा नं. ३ का वडाध्यक्ष बिष्णुदेव साह बनियाँ, वडा नं. ४ का वडाध्यक्ष दिलिप यादव, वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डल र वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवको विशेष उपस्थितिमा सँयुक्त गृह प्रवेश गरेको हो ।
गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगलले सँयुक्त रुपमा भवनको शिलालेख अनावरण गरेको थियो । शिलालेखमा वर्तमान सबै वडाध्यक्षहरुको समेत नामावली उल्लेख गरिएको छ । वर्तमान कार्यपालिकाको पालामा निर्माण भएको भन्दै शिलालेखमा जनप्रतिनीधिहरुलाई स्थान दिएको हो ।
.jpeg)
सो क्रममा गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले तत्कालिन गाउँपालिका अध्यक्षले देखेको एक सपना साकार पारेको बताए । उनले तत्कालिन अध्यक्षले शिलान्यास गरेको प्रशासनिक भवन आफ्नो पालामा आफैँ उदघाटन गर्न पाउँदा हर्ष व्यक्त गरे । भवन उदघाटनको लागि तत्कालिन जनप्रतिनीधिसहित वर्तमान जनप्रतिनीधिलाई समेत आभार प्रकट गरे । उनले विभिन्न वडाका वडाध्यक्षहरुले गरेको समन्वयको प्रशँसा गर्दै आगामी दिनमा सहकार्यको अपेक्षा समेत राखे ।
उदघाटनको क्रममा गाउँपालिका उपाध्यक्ष कमला सहगलले गाउँपालिकाको बीचमै सदरमुकाम कायम भएकोप्रति कृतज्ञता प्रकट गरिन् । उनले गाउँपालिकासम्म विभिन्न वडाका नागरिकलाई पहुँचको लागि सडक सँजालको व्यवस्था भईसकेको भन्दै विगत ७ बर्षदेखिको भाडाको घरलाई छाडेर आफ्नै भवनमा प्रवेश गरेको बताइन् ।
.jpeg)
वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डलले आफ्नै प्रशासनिक भवन हुँदा सेवाग्राहीलाई कार्य सहजता हुने बताए । उनले सुविधा सम्पन्न भवनमा सेवाग्राहीले सेवा समेत सुविधायुक्त तवरले पाउने बताए ।
वडा नम्बर २ का वडाध्यक्ष अब्दुल मालिकले बुवाले देखेको सपना र गाडेको इटमा आफूहरु गृह प्रवेश गर्न पाउँदा खुसीयाली प्रकट गरे । पूर्व गाउँपालिका अध्यक्षका छोरा समेत रहेका वडाध्यक्ष मालिकले यो भवन आउँदो पुस्तालाई हस्तान्तरणको लागि एक नमेटिने किल्ला भएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेश यादवको विशिष्ट आतिथ्यमा भएको उदघाटन कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरु, कार्यपालिका सदस्यहरु, स्थानीय, विद्यार्थी, महिला, अधिकारकर्मी, सँचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
उदघाटनको क्रममा विभिन्न वडाका वडाध्यक्षहरुले आ आफ्ना मनतव्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…