धनुषामा चुरे संरक्षणको लागि सरोकारबालाहरुको बहस
विनय कुमार यादव | धनुषा, २५ जेठ । राष्ट्रिपति चुरे संरक्षण अभियान अन्तर्गत सरोकारबालाहरुले चुरे संरक्षण सम्बन्धी बहस तीव्र पारेका छन् । विहिबार धनुषाको धनुषाधाममा आयोजित एक कार्यक्रमका सहभागीहरुले तराई मधेसको लागि संजीवनीको रुपमा रहेको चुरे क्षेत्र संरक्षणको लागि आ आफ्नो तह तप्काबाट गर्नुपर्ने प्रया

२०७५ जेठ २५ शुक्रबार, राति १०:४५ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
धनुषा, २५ जेठ । राष्ट्रिपति चुरे संरक्षण अभियान अन्तर्गत सरोकारबालाहरुले चुरे संरक्षण सम्बन्धी बहस तीव्र पारेका छन् ।
विहिबार धनुषाको धनुषाधाममा आयोजित एक कार्यक्रमका सहभागीहरुले तराई मधेसको लागि संजीवनीको रुपमा रहेको चुरे क्षेत्र संरक्षणको लागि आ आफ्नो तह तप्काबाट गर्नुपर्ने प्रयासहरुको बारेमा चर्चा गरिएको छ ।
चुरे रहे तराई मधेस रहने नारालाई आत्मसात गर्दै सरोकारबालाहरुले चुरे क्षेत्र विनास हुनबाट जोगाउने उपाय तथा चुरे क्षेत्रको बारे वृहत छलफल गरिएको हो ।
धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा आयोजना गरिएको चुरे संरक्षण सम्बन्धी कार्यक्रममा ५ वर्षे गुरुयोजना सम्बन्धी प्रकाश पारिएको थियो ।
धनुषाका सहयाक वन अधिकृत रोशन श्रीवास्तवको विशेष उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा नगरका सबै जनप्रतिनीधिहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा मेयर मण्डललाई श्रीवास्तवले चुरे संरक्षण सम्बन्धी किताब प्रदान गरेका थिए ।
तराई मधेस सहित भारत विहारसम्म पानीको मुख्य मुहान भने चुरे क्षेत्रबाट रहेको छ । चुरे विनासपछि तराई मधेसमा पानीको हाहाकार मच्चिने पूर्व राष्ट्रपति डा. रामवरण यादवले बताई सकेका छन् ।
राष्ट्रपति हुँदा डा. यादवले राष्ट्रपति चुरे संरक्षण देशव्यापी अभियान चलाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…