नगरपालिकाको रेडबुक वेभसाइटमा राख्नुपर्नेमागसहित वडाध्यक्षहरुले बुझाए ज्ञापनपत्र
शम्भुनाथ नगरपालिकाका मेयर र उपमेयर दुबै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले जितको छ । मेयर जितेन्द्र प्रसाद गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा भ्रष्टाचार मुदा दायर गरेपछि उनी हाल निलम्बीत अवस्थामा छन् ।

२०८० फागुन २१ सोमबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकाका केही वडाध्यक्षहरुले विभिन्न माग राख्दै कार्यवाहक नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
आ.ब. २०८०/०८१ को आयब्यव सार्वजनिक गर्नु पर्ने लगायत विभिन्न ८ बुँदे माग अघि सार्दै सप्तरीको शम्भुनाथ नगरपालिकाका वडाध्यक्षहरुले आइतवार कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् ।
कुल १२ वडा रहेको नगरपालिकाका ७ वटा वडाध्यक्षहरुले संयुक्तरुपमा उक्त ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र मार्फत आर्थिक बर्ष २०८०/०८१ को आयब्यव सार्वजनिक गर्नु पर्नेसहित कर्मचारीहरुको दरबन्दी मिलान गर्नु पर्ने, दुई चौमासिकको कार्यप्रगति विवरण सार्वजनिक गर्नू पर्ने, नगपालिकाको प्रशासनिक खर्च सहितको रेडबुक तथा वेवसाइडमा अभिलेख राख्नु पर्ने, १५ शैयाको अस्पताल निर्माण गर्नूृ पर्ने लगायतका ८ बुंदे माग अघि सारिएको छ ।
वडा १ का वडाध्यक्ष जिवछ साह, २ का वडाध्यक्ष दुर्गानन्द भगत, ३ का वडाध्यक्ष नविन चौधरी, ५ का वडाध्यक्ष जामुन चौधरी, ६ का वडाध्यक्ष सचेन्द्र चौधरी, ७ का वडाध्यक्ष गोपाल चौधरी र १० का वडाध्यक्ष सत्यनारायण साहद्वारा संयुक्त रुपमा बुझाइएको ज्ञापनपत्र मार्फत तीन दिन भित्र मागँ पुरा नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
ज्ञापनपत्र मार्फत यस अघि उक्त मागहरु सम्बोधनका लागी पटक/पटक कार्यवाहक मेयर चौधरीसँग वार्ता गर्दा रुखो ब्यवहार देखाएको उल्लेख गर्दै आपत्ती सहित त्यस्तो गल्ती सच्याउन तथा माफी माग्न समेत माँग गरिएको छ ।
शम्भुनाथ नगरपालिकाका मेयर र उपमेयर दुबै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले जितको छ । मेयर जितेन्द्र प्रसाद गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा भ्रष्टाचार मुदा दायर गरेपछि उनी हाल निलम्बीत अवस्थामा छन् ।
मेयर निलम्बित भएपछि हाल उपमेयर चौधरी कार्यवाहक मेयर भई नगरपालिका चलाउदै आएकी छिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…