धनुषामा मुसहर समुदायका युवाहरूद्वारा १२५ बालबालिकालाई शैक्षिक सामाग्री वितरण
न्यूज ब्यूरो, जनकपुरधाम, २५ जेठ । मुसहर समुदायका युवाहरुले धनुषाको सबैला नगरपालिका १३ करतपुर मुसहरीका १२५ जना बालबालिकाहरुलाई कपडा र शैक्षिक सामाग्री वितरण गरेका छन् । बिदेशमा रहेका सबैला १३ का मुसहर समुदायका युवाहरुको संगठन ऋषिवंश एकता समाजले जय माता सबरी युवा क्लब किरतपुर मुसहरीसँग समन्वय गरेर साम

२०७५ जेठ २५ शुक्रबार, राति ९:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम, २५ जेठ । मुसहर समुदायका युवाहरुले धनुषाको सबैला नगरपालिका १३ करतपुर मुसहरीका १२५ जना बालबालिकाहरुलाई कपडा र शैक्षिक सामाग्री वितरण गरेका छन् ।
बिदेशमा रहेका सबैला १३ का मुसहर समुदायका युवाहरुको संगठन ऋषिवंश एकता समाजले जय माता सबरी युवा क्लब किरतपुर मुसहरीसँग समन्वय गरेर सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग स्वरुप धनुषाको श्री दलित राष्ट्रिय प्राथमिक विद्यालय किरतपुरमा अध्ययनरत बालबालिकाहरुलाई कपडा र शैक्षिक सामग्री वितरण गरेको हो ।
मुसहर समुदायका युवाहरूले गरिव विद्यार्थीले स्कुल जान पाउन भन्ने उद्देश्यका साथ सानो सहयोग गरेको संस्थाका सदस्य शत्रुधन सदाले बताए ।
मुसहर समुदायका बालबालीकालाई मनोबल बढाउन कपडा, कापी, कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरीएको अर्का सदस्य मोहन सदाले जानकारी दिए ।
मुसहर समुदायका यी युवाहरुले विदेशमा रहेर पनि निरन्तर समाजिक कार्यमा जुटेका छन् । आफुहरुको सानो सहयोगले कसैलाई खुशी मिल्दा आफुहरुलाई निकै खुशी लाग्ने गरेको उनीहरूले न्यूज ब्यूरोलाई बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…