शहिदनगरका शिक्षा शाखा प्रमुख र नगर प्रमुख कमिशनखोर हुनः वडाध्यक्ष निराला
यदुकूहाको विभिन्न चोक गल्लीमा परिक्रमा गर्दै यदुकुहाको भठ्ठीचोकमा कोणसभा गरिएको थियो । सो क्रममा सम्बोधन गर्दै वडा नं. ६ का वडाध्यक्ष दिनेश निरालाले शिक्षा शाखा प्रमुख विश्वनाथ यादव कुन शर्तमा राखिएको बारे प्रष्टयाए भने मेयरको क्रियाकलापबारे समेत उनले सार्वजनिक रुपमा बोल्दै सच्चिनको लागि चेतावनी दिए ।

२०८० फागुन १० बिहीबार, राति ८:५६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादव र नगर प्रमुख दिनेश प्रसाद यादवविरुद्ध नाराबाजी गरिएको छ ।
सर्वदलिय सँघर्ष समिति शहिदनगरले विहिबार विहान नगरपालिका पुगेर मेयर र शिक्षा शाखा प्रमुखविरुद्ध नाराबाजी गरेको हो । गैर कानुनी रुपमा शिक्षा शाखा प्रमुख बनाइएको भन्दै वडा नं. ६ का वडाध्यक्ष उमेश निरालाले उनलाई बहिष्कारको माग गरे ।
सम्बोधनको क्रममा वडाध्यक्ष निरालाले भोँट माग्ने बेलामा नगर प्रमुख दिनेश यादवले आफू जिमदारको छोरा रहेको, सम्पतिको कुनै कमी नभएको भरोसा जितेर अहिले घुसखोरी गर्न भ्रष्ट शिक्षा प्रमुख राखेको बोलेका छन् । सार्वजनिक गरिएको भिडियोमा वडाध्यक्ष निरालाले नगर प्रमुखलाई कमिशनखोर नगर प्रमुखको सँज्ञा दिएका छन् । उनले जनताहरुबाट दुई दुई रुपैयाँ चुस्नको लागि विश्वनाथ यादवलाई राखेको प्रतिक्रिया दिए ।
वडाध्यक्ष निरालाले विभिन्न कारण देखाउँदै शिक्षा प्रमुखबाट विश्वनाथ यादवलाई हटाउनुपर्ने भन्दै नहटाएमा ३ बर्षको परिणाम अलग हुने चेतावनी दिए ।
मोटो सँख्यामा गएका स्थानीय सर्वसाधारणहरुले यादवद्धयविरुद्ध नाराबाजी गरेको हो । जसपा, माओवादी नेकपा एस लगायतका दलहरु सम्मलित सर्वदलिय सँघर्ष समितिले 'मेयर मूर्दाबाद, कमिशनखोर मेयर मुर्दाबाद, घुसखोर शिक्षा प्रमुख विश्वनाथ यादव मुर्दाबाद' को नारा लगाएको थियो ।
विभिन्न दलका नेतृत्वकर्ताहरुको नेतृत्वमा गाउँ गाउँबाट गएको सर्वसाधारणहरुले शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध खनिएको थियो । सोही सँगै मेयर दिनेश प्रसाद यादवविरुद्ध समेत नाराबाजी गरेको सुनियो ।
शिक्षा शाखा प्रमुख यादवलाई बचाउ गर्नको लागि नगर प्रमुख यादवले विभिन्न दाउ लगाएको भन्दै नगर प्रमुख विरुद्ध स्थानीय खनिए । विभिन्न माग राख्दै यादवविरुद्ध सर्वदलिय सँघर्ष समितिले नाराबाजी गर्दै स्थानीय उतारेका हुन् ।
यदुकूहाको विभिन्न चोक गल्लीमा परिक्रमा गर्दै यदुकुहाको भठ्ठीचोकमा कोणसभा गरिएको थियो । सो क्रममा सम्बोधन गर्दै वडा नं. ६ का वडाध्यक्ष दिनेश निरालाले शिक्षा शाखा प्रमुख विश्वनाथ यादव कुन शर्तमा राखिएको बारे प्रष्टयाए भने मेयरको क्रियाकलापबारे समेत उनले सार्वजनिक रुपमा बोल्दै सच्चिनको लागि चेतावनी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…